कोरोना नियन्त्रणमा चीनले सहयोग नगरेको अमेरिकाको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

कोरोना नियन्त्रणमा चीनले सहयोग नगरेको अमेरिकाको आरोप

mike pompeo

एजेन्सी, ७ साउन । अमेरिकाले कोरोना नियन्त्रणका लागि चीनले सहयोग नगरेको आरोप दोहोर्याएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पीओले कोरोनाको उपचार तथा नियन्त्रणमा सहयोग गर्नुको साटो चीनले छिमेकी मुलुकहरु निहुँ खोजिरहेको आरोप लगाउनु भयो ।

दक्षिण चीन सागरमा सैन्य क्षमता बढाइरहेको, हङकङमा सुरक्षा कानुन लगाएको जस्ता घटनाले चीन कोरोना नियन्त्रणमा सहयोगी नभएको स्पष्ट हुने अमेरिकी विदेश मन्त्री पोम्पीओको दावी छ । बेलायती विदेशमन्त्री डोमेनिक रावसँगको भेटवार्तापछि पत्रकारहरुसँग कुरा गर्दै विदेशमन्त्री पोम्पीओले महामारीको समयमा विश्वलाई सहयोग गर्नु भन्दापनि चीन छिमेकीसंग निहुँ खोज्नमै तल्लिन रहेको टिप्पणी गर्नुभयो ।

भारत र चीनबीच सीमा समस्यालाई संकेत गर्दै अमेरिकी विदेश मन्त्री पाम्पीओले हरेक देशले सीमासम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाको पालना गर्नुपर्ने बताउनुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);