बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरू पालना गर्न राष्ट्रपतिकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

बन्दाबन्दी खुलेपनि स्वास्थ्यसम्बन्धी नियमहरू पालना गर्न राष्ट्रपतिकाे आग्रह

काठमाडौं, ७ साउन । राष्ट्रपति विधादेवी भण्डारीले कोरोना महामारीको जोखिम टरिनसकेको बताउनु भएको छ। महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्यसम्बन्धी नियमहरूलाई पालना गर्न देशवासीलाई उहाँको आग्रह छ।

जनजीवनलाई सहज पार्न मात्रै सरकारले बन्दाबन्दीलाई केही सरल गरेको ट्वीटमार्फत उहाँले स्पष्ट पार्नुभयो। मङ्गलबार मध्यरातिदेखि लागू हुने गरी बन्दाबन्दी खुला गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि राष्ट्रपति भण्डारीले कोरोना महामारीको जोखिम हट्यो भन्ने आम मानिसमा नपरोस् भनेर सतर्कता अपनाउन आग्रह गर्नु भएको हो।

१२० दिन लामो बन्दाबन्दी खुला मङ्गलबारदेखि भएको छ। बन्दाबन्दी खुला भएपछि जनजीवन सहज भएको छ। तर, मानिसहरूमा कोरोना संक्रमणको त्रास कायमै छ। जनस्वास्थ्य विज्ञहरूले भने बन्दाबन्दी खुला गर्ने सरकारी कदमप्रति विरोध गर्दै आएका छन्। बन्दाबन्दी खुला गरिएपछि संक्रमणको दर बद्ने उनीहरूको दाबी छ।

हाल देशभर कोरोना संक्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ। ४१ जनाले ज्यान गुमाएका छन्।