बर्नलीद्धारा ९ खेलाडीमा सीमित नर्विच पराजित | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

बर्नलीद्धारा ९ खेलाडीमा सीमित नर्विच पराजित

एजेन्सी,४ साउन । इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले रेलिगेट भइसकेको नर्विच सिटीलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २–० ले पराजित गरेको हो ।

पहिलो हाफको अतिरक्त समयमा क्रिस उडले गोल गर्दै बर्नलीलाई १(० को अग्रता दिलाए । त्यस्तै ८० औं मिनेटमा नर्विचका बेन गडफ्रेले आत्मघाती गोल गरेपछि बर्नली २–० ले विजयी भयो ।नर्विच पहिलो हाफमै ९ खेलाडीमा समेटिएको थियो । खेलको ३५ औं मिनेट इमिलियानो बुन्डियाले रातो कार्ड पाउँदा घरेलु टोलि १० खेलाडीमा समेटिएको थियो ।

४५ औं मिनेटमा जोसिप ड्रिमिकले रातो कार्ड पाएपछि नर्विच ९ खेलाडीमा समेटियो । जितसँगै ५४ अंक जोडेको बर्नली लिगको नवौं स्थानमा उक्लिएको छ।