आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

असोज २० २०८१, आइतबार

आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश

एजेन्सी,४ साउन । म्यान्चेष्टर सिटीलाई हराउँदै आर्सनल एफ ए कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । शनिबार राति सेमिफाईनलको खेलमा आर्सनलले सिटीलाई २–० गोल अन्तरले हराएको हो ।

लण्डन क्लबको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए । घरेलु मैदानमा निकोलास पेपेको क्रसलाई उपयोग गर्दै १९ औं मिनेटमा अबुमियाङले आर्सनललाई अग्रता दिलाएका थिए ।

बल पोजिसनमा सिटीले दबाब बनाएपनि अबुमियाङले ७१ औं मिनेटमा दोस्रो गोल गर्दै आर्सनलको जित सुनिश्चित गरेका थिए । आर्सनलले अब अगष्ट १ मा चेल्सी र म्यान्चेष्टर युनाईटेडबीचको विजेतासंग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);