एजेन्सी, ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आम नागरिकलाई मास्क प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह अस्वीकार गर्नु भएको छ । ट्रम्पले आफू सहमत नभएको भन्दै आम नागरिकलाई मास्क प्रयोग बाध्यकारी बनाउन गरिएको आग्रह अस्वीकार गर्नु भएको हो ।
देशव्यापी रुपमा मास्क अनिवार्य गर्ने पक्षमा सहमत हुन नसक्ने ट्रम्पको भनाई छ । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले राज्य तथा स्थानीय तहका नेताहरुलाई सम्भव भएसम्म मास्कको प्रयोग बाध्यकारी बनाउन सुझाव दिएपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिनु भएको हो ।
डा.फाउचीले मास्क वा रुमालले मुख छोप्नु अति महत्वपूर्ण रहेको भन्दै सबैले प्रयोग गर्नु पर्ने बताउनु भएको थियो । मास्कको प्रयोग अमेरिकामा राजनीतिक विषय बनेको छ ।
ट्रम्पले गएको हप्ता सार्वजनिक रुपमा मास्क लगाए पनि सर्वसाधारण त्यसका लागि आग्रह गर्न भने अस्वीकार गरेको बताइएको छ । मास्क प्रयोग गरेमा संक्रमणबाट जोगिने र संक्रमण भएको भए अरुलाई सार्नबाट बच्ने सम्भावना बढी हुने स्वास्थ्य विशेषज्ञहरुको सुझाव छ ।