राष्ट्र संघद्धारा १० अर्ब ३० करोड डलरको कोषका लागि अपिल | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

राष्ट्र संघद्धारा १० अर्ब ३० करोड डलरको कोषका लागि अपिल

काठमाडौं, २ साउन । संयुक्त राष्ट्र संघले कोरोना भाइरस महामारीविरुद्धको लडाइमा सहयोग गर्नका लागि १० अर्ब ३० करोड डलर बराबरको कोषका लागि अपिल गरेको छ ।

कोरोना संक्रमणको असरका कारण यो वर्षको अन्त्यसम्ममा विश्वका २६ करोड ५० लाख मानिसले भोकमरीको सामना गर्नुपर्ने भन्दै राष्ट्र संघले विश्व समुदाय समक्ष यस्तो अपिल गरेको हो ।

राष्ट्र संघले गरेको यो अपिल अहिलेसम्मकै ठूलो कोषका लागि हो। कोषको रकम न्यून आय भएका र कमजोर मुलुकहरूमा प्रयोग गरिने राष्ट्र संघले जनाएको छ ।

यसअघि पहिलो पटक गत मार्चमा राष्ट्र संघले दुई करोड डलरको कोषका लागि अपिल गरेको थियो ।

कोषमा रकमका लागि अपिल गर्दै राष्ट्र संघले धनी मुलुकहरूले अब आफ्नो अर्थतन्त्र उकास्नुका साथै गरिब मुलुकहरूका लागि समेत काम गर्नुपर्ने जनाएको छ ।

त्यसो नभएको खण्डमा विश्वमा थप संकट निम्तिने र लाखौं मानिस भोकमरीको शिकार हुने राष्ट्र संघले चेतावनी दिएको छ । कोषको रकम उठ्न नसके दशकौंदेखिको विकास खेर जाने पनि राष्ट्र संघले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);