नेपाल सरकार र विश्व बैंकबीच सडक सहयोग आयोजना सम्झौतामा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १ २०८१, बिहीबार

नेपाल सरकार र विश्व बैंकबीच सडक सहयोग आयोजना सम्झौतामा हस्ताक्षर

काठमाडाैं, २ साउन । नेपाल सरकार र विश्व बैंकबीच ५४ अर्ब रुपैयाँ बराबरको सडक सहयोग आयोजना सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।शुक्रबार अर्थमन्त्रालयमा आयोजित एक समारोहमा ४५ करोड अमेरिकी डलर अर्थात करिब ५४ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग रहेको सडक सहयोग आयोजनामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडाको समुपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुंगाना र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हादाद जर्भोसले उक्त आयोजनाको सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

विश्व बैंकले कोरोना भाईरस पछि नेपालमा आर्थिक गतिविधिलाई बढावा दिन सडक सहयोग आयोजना अन्तर्गत उक्त रकम सहयोग गरेको हो । आयोजनाले यातायात पूर्वाधारको क्षमता र सुरक्षा सुधार लगायत सीमापार व्यापारको दक्षतामा सुधार गर्नका लागि र रणनैतिक सडक सञ्जाल व्यवस्थापन क्षमताको सुदृढीकरणका लागि उक्त रकम खर्च गर्नेछ ।

हस्ताक्षर समारोहमा अर्थमन्त्री खतिवडाले आयोजनाले सीमापार बजार लगायत सडक सञ्जालको विस्तार र राष्ट्रिय एकीकरणलाई बढावा दिदैं कोरोना भाईरस पछिको आर्थिक पुनरुत्थानलाई सघाउने बताउनुभयो ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले कोरोना भाईरस संकटका बाबजुद आर्थिक पुनरुत्थान गर्न नेपाल सरकारको प्रयासलाई आयोजनाले सहयाेग बताउनुभयो ।

आयोजनाले राष्ट्रिय सडक सुरक्षा परिषद् तथा सडक विभागको संस्थागत सुदृढीकरण लगायत रणनैतिक सडक सञ्जाल भित्रका उच्च चाप रहेका अन्य सडकहरुको आवधिक मर्मत गर्नमा समेत सहयोग गर्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);