स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडलाई | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडलाई

real madrid trophy

एजेन्सी, २ साउन। यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ । शुक्रबार बिहान भएको खेलमा भिल्ला रियललाई २–१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि जितेको हो ।

रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २–० को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २–१ ले विजयी भयो । यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । रियल सर्वाधिक धेरै ला लिगा उपाधि जित्ने क्लब हो । यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६ र १७ को सिजन रियलले उपाधि जितेको थियो ।

पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे । भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो ।

रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ । अर्काे खेलमा बार्सिलोना ओसासुनासँग २–१ ले पराजित भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);