ओलीलाई पार्टीको निर्णय मान्न दाहाल र नेपालको दबाव | ईमाउण्टेन समाचार

Our Network

फागुन ६ २०८१, मंगलबार

ओलीलाई पार्टीको निर्णय मान्न दाहाल र नेपालको दबाव

oli-prachanda-madhav

काठमाडौं, १ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  र वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी कमिटीको निर्णय मान्न दबाव दिनु भएको छ।

प्रधानमन्त्रीसमेत रहनु भएका ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा नदिने भए पार्टी कमिटीको निर्णय मान्नु पर्ने दाहाल र नेपालले दबाव दिनु भएको हो।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार भएको नेतात्रयको भेटवार्तामा प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने पूर्ववत् अडानलाई दाेहाेर्याउनु भएको छ।

त्यसपछि, नेताद्धयले पार्टीको कमिटीले जे निर्णय गर्छ, त्यही मान्न तयार हुन ओलीलाई दबाव दिनु भएकाे प्रचण्ड निकट स्रोतले जनाएको छ।

अध्यक्षद्धय ओली र प्रचण्डबीच यसअघि पटक–पटक भएको भेटवार्ताले पार्टीमा चुलिएको मतभेदलाई टुङ्ग्याउन सहमतिको विन्दु पहिल्याउन नसकेपछि नेता नेपाललाई पनि भेटवार्तामा सहभागी गराइएको हो।

नेतात्रय सम्मिलित भेटवार्तामा पनि मतभेद टुङ्ग्याउने विषयमा कुनै समझदारी भएन। तर, भाेलि स्थायी समिति बैठक बसाउन भने सहमत भएको अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिनुभयो।

यसअघि असार २६ गते बोलाइएको स्थायी कमिटी बैठक सात दिनका लागि स्थगित गरिएको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);