प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक आधार गुमाएको थप पुष्टि भयो: नेपाली कांग्रेस | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २ २०८१, शुक्रबार

प्रधानमन्त्रीले शासन गर्ने राजनैतिक आधार गुमाएको थप पुष्टि भयो: नेपाली कांग्रेस

nepali congress

काठमाडौं, ३१ असार । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्ति र व्यवहारप्रति गम्भीर विमति प्रकट गरेको छ।

सरकार र नेकपाको संस्थागत धारणा पनि सार्वजनिक गर्न कांग्रेसले माग गरेको छ। प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकको नयाँ नक्साअनुसारको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनैतिक पहलकदमी भन्दा ‘अयोध्या’ बारे विवादास्पद मत व्यक्त गर्नुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको पुष्टि भएको बताउनुभयो।

उहाँले अपरिपक्व टिप्पणीमार्फत प्रम ओलीले संवेदनशील विषयमा असंवेदनशील व्यवहार प्रस्तुत गरेको पनि टिप्पणी गर्नु भएको छ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल सरकार र नेकपाको मत होइन भने शासन गर्ने नैतिक र राजनैतिक आधार उहाँले गुमाएको थप पुष्टि हुन्छ’ प्रवक्ता शर्माद्धारा जारी विज्ञप्तीमा भनिएको छ।

प्रम ओलीका अभिव्यक्तिहरूले केही गम्भीर प्रश्न सृजना गरेको भन्दै देशको प्रधानमन्त्रीका अभिव्यक्तिहरूले नेपाल देश र सम्बन्धित दलको प्रतिनिधित्व गर्दैनन् भने प्रधानमन्त्री पद व्यक्तिको जमिन्दारी कि देशको जिम्मेवारी ? भन्दै शर्माले गम्भीर प्रश्न गर्नु भएको छ।
उहाँले नेपालको नक्सा जारी गर्नुलाई कुनै व्यक्तिले मात्रै गरेको जसरी नलिन पनि सुझाउनु भएको छ।

प्रम ओलीले आदिकवि भानुभक्त आचार्यको जन्मोत्सवको अवसरमा सोमबार खास ‘अयोध्या’ नेपालको वीरगञ्ज जिल्लाको ठोरीमा पर्ने र ‘राम’ नेपाली भएको अभिव्यक्ति दिनु भएको थियो।

त्यसपछि ओलीको अभिव्यक्तिलाई लिएर नेपालसहित भारतमा चर्को बिरोध हुँदै आएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);