ओली–प्रचण्डबीचको छलफल निष्कर्ष विहीन, भोलि पुनः भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

ओली–प्रचण्डबीचको छलफल निष्कर्ष विहीन, भोलि पुनः भेटवार्ता

oli prachnda

काठमाडौं, ३१ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको भेटवार्ता फेरि विना निष्कर्ष सकिएको छ।

भोलि पुनः भेटवार्ता हुने प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बताउनुभयो । अध्यक्षद्धयबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्षद्धयबीच पार्टीको आन्तरिक मतभेद टुङ्ग्याउँने सवालमा कुनै समझदारी हुन सकेन ।

पटक–पटक दुई अध्यक्ष मतभेद टुङ्ग्याउने विन्दूको खोजी गर्न भन्दै भेटवार्तामा जुट्दै आउनुभएको छ । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओली आफ्नो पूर्ववत् अडानबाट टसमस हुनु भएको छैन । उहाँले आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा नदिने चट्टानी अडान लिँदै आउनु भएको छ।

पार्टीका अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको ओलीले पार्टी र सरकार प्रभावकारी ढङ्गले सञ्चालन गर्न नसकेको भन्दै दुबै पदबाट राजीनामा दिनु पर्ने अडान छ ।

राजीनामाको सवालले मतभेद अझ बढ्दै जाँदा पार्टी विभाजनोन्मुख भएपछि राजीनामा माग्ने प्रचण्ड–नेपाल पक्षकाे अहिले प्रधानमन्त्री पद ओलीले छाड्न पर्ने बटमलाइन छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);