हङकङलाई दिएको विशेष दर्जाको सुबिधा अमेरिकाद्वारा खारेज | ईमाउण्टेन समाचार

Our Network

पुष १४ २०८१, आइतबार

हङकङलाई दिएको विशेष दर्जाको सुबिधा अमेरिकाद्वारा खारेज

trump hongkong

एजेन्सी, ३१ असार । अमेरिकाले हङकङलाई दिँदै आएको विशेष दर्जाको सुबिधा खारेज गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष दर्जा अन्त्य गर्ने सम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेसंगै हङकङलाई दिँदै आएको उक्त सुविधा खारेज भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनले हङकङको स्वतन्त्रता सीमित पार्न नयाँ सुरक्षा कानून ल्याएको विरोध गरिरहेको अमेरिकाले हङकङसँगको विशेष व्यापारिक सहितको सम्बन्ध तोडेको हो । ह्वाइट हाउसमा पत्रकारहरुलाई ट्रम्पले हङकङसँग पनि अब चीनसँग जस्तै व्यवहार हुने जानकारी दिँदै विशेष सम्बन्धको दर्जा अन्त्य गरिएको बताउनुभयो ।

हङकङको अधिकार सीमित गर्नुका साथै चीनमाथि थप प्रतिबन्ध लगाउने सम्बन्धी विधेयकमा पनि हस्ताक्षर गरेको ट्रम्पले जानकारी दिनुभयो । ब्रिटेनबाट स्वतन्त्रताका शर्तसहित हङकङ चीनलाई हस्तान्तरण गरिएको भएपनि चीनले हङकङको स्वतन्त्रता तथा स्वायत्तता कुण्ठित गर्दै गएको पश्चिमा देशहरुको आरोप छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);