साइलो खस्दा ६ जना मजदुर घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

साइलो खस्दा ६ जना मजदुर घाइते

बीरगन्ज, ३१ असार । ओम चाबो मिल इड्र्स्टीज मा मंगलबार साँझ साइलो खस्दा ६ जना मजदुर घाइते भएका छन् । कुखुराको दाना बनाउने नितनपुर स्थित सो कारखाना मा मंगलबार साँझ ६ बजे मकै राख्ने ७.५ हजार टन क्षमता को साइलो एक्कासी खसेको थियो ।

साइलो काम नलाग्ने अवस्थामा पुगेको ओम चाबो मिल इड्र्स्टीज का संचालक सुरेश रुगटाले बताउनु भयो । साइलो खसेको कारण करिव १५ करोड को क्षति भएको छ । ट्रक वाट साइलोमा मकै ओसारि राख्दा एका एक साइलो फसेको र हेर्दा हेर्दै साइलो गिरेको संचालक सुरेश रुगटा बताउनु हुन्छ ।

साईलो ३ साल पुरानो रहेको कम्पनी का संचालक ले बताउनु भयो । ७.५ हजार टन क्षमता र ६.५ टन क्षमता को मकै राखिने २ वटा साइलो रहेको छ । ७.५ टन क्षमता को साइलो खसेको हो ।

अर्को साइलो खालि नै रहेको थियो । साइलो खसेकोले घाइते ६ जना कामदार मध्ये ३ जना समान्य उपचार गराएर घर फर्किसका छन् भने ३ जना को उपचार भै रहेको छ । साइलो गिरेकोले एउटा ट्रक, एउटा मोटर साइकल मा क्षति पुगेको छ । यसै गरी कारखाना को पर्खाल पनि भत्किन पुगेको छ । हिजो ४ घन्टा सम्म कारखाना को उत्पादन बन्द रहेको थियो

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);