प्रिमियर लिगले सिटीमाथिको अनुसन्धानलाई जारी राख्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८२, आइतबार

प्रिमियर लिगले सिटीमाथिको अनुसन्धानलाई जारी राख्ने

एजेन्सी, ३० असार । इंग्लिस क्लव म्यानचेस्टर सिटीमाथिको प्रतिबन्ध फुकुवा भएपनि प्रिमियर लिगले भने अनुसन्धानलाई जारी राख्ने बताएको छ । यूरोपियन फुटबल महासंघले लगाएको दुई बर्षको प्रतिबन्ध कोर्ट अफ आर्विटेसन कासले उल्ट्यापनि प्रिमियर लिगले सिटीमाथिको अनुसन्धानलाई जारी राख्ने बताएको हो ।

सिटीले यूईएफले लगाएको प्रतिबन्धमाथि अपिल गर्दा कासले त्यसलाई उल्ट्याएको हो । २०१२ देखि २०१६ सम्म सिटीले युरोपियन फुटबल महासंघको आर्थिक आचार संहिता उल्लंघन गरेको भन्दै दुई बर्षको प्रतिबन्ध लगाएको थियो । सोमबार कोर्ट अफ आर्विटेसन कासले सिटीमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

योसंगै सिटीले युरोपीयन च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न पाउने भएको छ । इंग्लिस प्रिमियर लिगले भने समयको पाबन्दी नभएको भन्दै अनुसन्धानलाई कायमै राखेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);