तनहुँ ऋषिङ,८ भैसीकिलेमा पहिरोले एक घर पुरियो, पाँच जना बेपत्ता, एकको उद्दार | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८२, शनिबार

तनहुँ ऋषिङ,८ भैसीकिलेमा पहिरोले एक घर पुरियो, पाँच जना बेपत्ता, एकको उद्दार

pahiro

काठमाडौं, २९ असार । तनहुँको ऋषिङ गाउँपालिका–८ भैसीकिलेमा पहिरोले एक घर परिँदा पाँच जना बेपत्ता भएका छन् भने एक जनाको जिवितै उद्दार गरिएको छ ।

आइतबार राति करिब २ बजेतिर गएको पहिरोमा परी एकै घरपरिवारका पाँच जना पुरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले पुरिएर आनबहादुर थापाका दुई छोरा र दुई बुहारी र एक नातिनी बेपत्ता भएका छन् । एक जना घाइते भएको र उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । बेपत्ताहरूको खोजी कार्य जारी रहेको तनहुँ प्रहरीले जनाएको छ ।