एजेन्सी, २८ असार । इजरायल सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम सिर्जना गरेको भन्दै हजारौ सर्वसाधारणले इजरायलमा प्रदर्शन गरेको छन । इजरायलको तेल अभिभमा भएको प्रदर्शनमा हजारौंको सहभागिता रहेको जनाइएको छ ।
प्रदर्शनकारीहरुले कोरोनाका कारण सर्वसाधारणले व्यहोरेको क्षतिपूर्ति बापतको रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै सरकार विरोधी नारा लगाएका थिए । प्रदर्शनमा युवा युवती व्यापारी र मजदुरहरु पनि सहभागी भएका थिए । कोरोनाका कारण आफूहरुले आर्थिक संकटको सामना गरिरहेको भन्दै प्रदर्शनमा उत्रिएकाहरुले सरकारले कोरोनाका बेला ठोस योजना नल्याएको भन्दै सरकारको चर्को विरोध गरेका अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन ।
प्रदर्शनकारीहरुले मास्कको प्रयोग गरेतापनि सामाजिक दुरी भने कायम नगरेका जनाइएका छ । प्रदर्शन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही व्यापारी र मजदुरहरुसंग भेट गरी मुलुक आर्थिक संकटको बिषम परिस्थिती भोग्न बाध्य भएको भन्दै क्षतिपूर्ती बापत पारिश्रमिक दिन ढिलाई भएको जानकारी दिंदै छिट्टै नै त्यसको समाधान गर्ने आश्वासन दिनुभएको थियो ।
प्रधानमन्त्रीको आश्वासन प्रति असन्तुष्टी जनाउँदै उनीहरुले प्रदर्शनको आयोजना गरेका हुन् । इजरायलमा कोरोना संक्रमितकोे संख्या ३७ हजार ४ सय रहेको छ भने हालसम्म ३ सय ५४ जनाको मृत्यु भइसकेको छ ।