ला लिगामा आज रियल र डिपोर्टिभो भिड्दै | ईमाउण्टेन समाचार

Our Network

माघ २८ २०८२, बुधवार

ला लिगामा आज रियल र डिपोर्टिभो भिड्दै

एजेन्सी, २६ असार । स्पेनिस ला लिगा फुटबलमा आज राती लिग लिडर रियल म्याड्रिडले डिपोर्टिभो अलाभेससँग प्रतिस्पर्धा गर्दैछ । रियलले अस्थाई घरेलु मैदानमा अलाभेसको सामना गर्न लागेको हो ।

तुलनात्मक रुपमा कमजोर टिम अलाभेसविरुद्ध रियल सहज जितको दाउमा छ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति पौने २ बजे सुरु हुनेछ ।उपाधिको प्रमुख दाबेदार रियल जित निकाल्दै उपाधि यात्रा थप बलियो बनाउने योजनामा छ ।

रियल जित निकाल्दै दोस्रो स्थानको बार्सिलोनासंग समेत अंक दुरी फराकिलो बनाउने योजनामा छ । रियल बार्सिलोना भन्दा मात्र एक अंकले अघि रहेको छ ।अलाभेसविरुद्ध जित निकालेमा रियलले चार अंकको अग्रता बनाउनेछ ।

रियलले ३४ खेलमा ७७ अंक जोडेको छ । एक खेल बढी खेलेको बार्सिलोनाको ७६ अंक रहेको छ ।अलाभेस ३५ अंक जोडेर रेलिगेसन क्षेत्रभन्दा एक स्थान माथि रहेको छ ।ला लिगा अन्तर्गत नै आज रियल सोसिडाडले ग्रानडाको सामना गर्नेछ ।