अब उत्तर कोरिया विरुद्व कदम चाल्ने अमेरिकाको निर्णय | ईमाउण्टेन समाचार

Our Network

पुष ९ २०८१, मंगलबार

एजेन्सी, ५ असोज । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको बढ्दो क्षेप्यास्त्र परिक्षणका कारण विश्वलाई नै खतरा भएको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै अमेरिकाले हालसम्म आफूलाई संयमित राखेको बताए । उनले उत्तर कोरियाले आफुहरुलाई जिस्काउने क्रम बन्द नगरे जवाफी कारबाही गर्ने चेतावनी दिएका छन् । उनले अमेरिका र अन्य सहयोगी राष्ट्रको रक्षाका लागि पनि अब किम जोन उनको सत्ताविरुद्व कारबाही गर्न बाध्य हुने बताए । ट्रम्पले अब हुने सैन्य कारबाही उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने खालको हुने बताएका छन् ।

उनले उत्तर कोरियाली नेता किमलाई रकेट म्यानको संज्ञा दिँदै किम आत्महत्याको बाटोतिर उन्मुख भइरहेको र त्यो दिन छिट्टै आउने बताए ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);