वेस्ट ह्यामसँग ३–२ गोल अन्तरले चेल्सी पराजित | ईमाउण्टेन समाचार

Our Network

मंसिर ७ २०८१, शुक्रबार

वेस्ट ह्यामसँग ३–२ गोल अन्तरले चेल्सी पराजित

एजेन्सी, १८ असार । इंग्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सी पराजित भएको छ । बुधबार राति भएको खेलमा चेल्सीे वेस्ट ह्यामसँग ३–२ गोल अन्तरले पराजित भएको हो । चेल्सीका लागि ब्राजिली स्टार विलियनमले दुई गोल गरेपनि लण्डन क्लबको हार टार्न सकेनन् ।

विलियनमले ४२ औं मिनेटमा पेनाल्टीमा चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा वेस्ट ह्यामका टोमस सौसेकले घरेलु टोलीका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा माईकेल एन्टोनियोले ५१ औं मिनेटमा वेस्ट ह्यामलाई २–१ को अग्रता दिलाउने काम गरे ।

पुन विलियनले ब्यक्तिगत दोस्रो गोल गर्दैै खेल बराबरीमा ल्याएका थिए । खेल सकिन एक मिनेट अघि एन्ड्री यरमालेन्कोले वेस्ट ह्यामका लागि विजयी गोल गरे । खेलमा पराजित चेल्सी ५४ अंकका साथ चौथो स्थानमा छ भने वेस्ट ह्याम भने ३० अंक सहित तालिकाको १६ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा लेस्टर सिटीले एभर्टनसँग हार ब्यहोर्यो । एभर्टनको घरेलु मैदानमा लेस्टर २–१ ले पराजित बन्यो । यस्तै, अर्को खेलमा वर्नेमाउथ घरेलु मैदानमा न्युक्यासल युनाईटेडसँग ४–१ ले पराजित बन्यो । न्युक्यासलका लागि ड्वाई गेल, सीन लान्गस्टाफ, मिगुएल अल्मिरान, भालेन्टिनो लजारोले गोल गरे । वर्नेमाउथका लागि दान गोसलिङ्गले एक गोल फर्काए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);