समाचार | Page 1715 of 5975 | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

समाचार

परमादेशको सरकार भन्नुहुन्छ, यही परमादेशले संसदमा हामीलाई भेट गरायाे : प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसै निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए ।  उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई सरकारको सहयोग हुने बताए । उनले वर्षाका कारण आएका बाढी पहिरोबाट भएका क्षतिमा सरकारले उचित क्षतिपुर्ति दिने घोषणा पनि गरे ।  यस्तै, गए राति अछाममा भएको बाढी पहिरोको क्षतिमाथि सरकारले राहत घोषणा गर्ने बताए ।

सोही अवसरमा प्रधानमन्त्री देउवाले आगामी दसैं, तिहार र नेपाल सम्बतको सुभकामना पनि दिए ।

कठोर व्रत जितीयाको लैंगिक समाजशास्त्र

सप्तरी। राजविराज नगरपालिका–७ खर्साल टोलकी ६६ वर्षीया उर्मिलादेवी देव ४८ वर्षदेखि जितिया व्रत बस्दै आएकी छिन् । विवाह भएको वर्षदेखि नै उनले जितिया व्रत बस्न थालेकी हुन् । व्रतको उद्देश्यबारे उनी भन्छिन्, ‘सन्तान प्राप्तिका लागि व्रत बस्न थालेकी थिएँ ।’ पाँच सन्तानमध्ये चार छोराछोरी गर्भमा भएको बेला उनले जितिया व्रत बस्नु परेको थियोे । देव भन्छिन्, ‘अहिलेसम्म एक थोपा पानी पनि नखाई व्रत लिँदै आएकी छु । शरीरमा कहिल्यै कुनै समस्या आएन । अहिलेसम्म सजिलै भएको छ ।’ सन्तानको  दीर्घायु र परिवारको सुख शान्तिका लागि वर्षमा एक पटक व्रत बस्न आनन्द लाग्ने उनको भनाइ छ । सप्तरी राजविराज नगरपालिका–१ पडरियाकी ६२ वर्षीया सरितादेवी झाले पनि ४० वर्षदेखि जितिया व्रत बस्तै आएकी छिन् । उनले दोस्रो सन्तानका रूपमा छोरा पाएपछि व्रत सुरू गरेकी हुन् । छोरा भएका आमाले कुनै हालतमा व्रत बस्नै पर्छ भन्ने मान्यता रहेकाले परिवारबाट दबाब आउन थालेपछि व्रत सुरु गरेको उनले बताइन । राजविराज नगरपालिका–६ खर्साल टोलकी ३६ वर्षीया कविता यादव पनि यसपालि व्रत बस्ने सोचमा छिन् । ‘अब त छोरा पनि ठुलो भयो, कहिले जितिया व्रत सुरु गर्छाै ? अहिलेसम्म किन सुरु नगरेकी ? भन्छन् । गुनासो गर्न थालेपछि यस वर्ष व्रत बस्ने निर्णय गरे ।’ उनले भनिन्, ‘पाँच वर्षदेखि व्रत बस्न लागि जेठानीले ढिपी गर्दै आउनुभएको छ । सबैले लिएको देख्दा मलाई पनि व्रत नबसे केही हुन्छ की भनेर डर लाग्न थालेको छ ।’

कविताले थपिन्, ‘पानी नखाई दिनभर त बस्न नसक्ने मान्छे ३६ घण्टासम्म कसरी बस्न सकुँला ? चिन्ता लागेको छ । तर हिम्मतका साथ गर्ने तयारीमा छु ।’  जितियालाई हिन्दु धर्मालम्बीहरूले गर्ने सबैभन्दा कठोर व्रतको रूपमा लिइन्छ । तराई मधेशका महिलाहरू छोराको दीर्घायु, सुस्वाथ्य तथा सन्तान प्राप्तिका लागि सदियाँैदेखि यो व्रत बस्दै आएका छन् । अष्टमी तिथि सुरु भएदेखि नवमीसम्म व्रतालु महिलाले एक थोपा पानी पनि नखाई निराहार ३६ घण्टा व्रत बस्नुपर्ने हुनाले यसलाई कठोर व्रत मानिएको राजविराज–३ राजदेवी रोडकी ५० वर्षीया रूपा झाले बताइन् ।

जितिया व्रत लिँदा व्रतालु महिलाको मृत्युु भएको समाचार पनि आउने गरेको छ । राजविराज–२ तेतरी गाछीकी ६५ वर्षीया मीना देवले भनिन्, ‘यसवर्ष आज शनिवार दिन रात र भोलि आइतबार साँझ ५ बजेसम्म व्रत बस्ने र ६ बजे मात्र पारण गर्ने अर्थात पानी वा अन्य खानेकुरा खान सकिन्छ ।’

व्रतको विधि
राजविराज नगरपालिका–१६ बोरियाकी ५५ वर्षीया विमला देवका अनुसार, जितिया व्रत सुरु गरियो भने छोड्न मिल्दैन । बिरामी वा कुनै औषधि नखाई नहुने अर्थात जटिल अवस्थामा मात्र छोड्न मिल्छ । सूर्य देवतालाई तोरीको तेल र पिनाको अर्घ दिएर व्रतको संकल्प गरिन्छ । व्रतालुले दिवङ्गत सासू, जेठानी, नन्द, आमा, फुपूसासू तथा तीन पुस्ताभित्रको नाता पर्ने महिलालाई तर्पण दिने चलन छ । यस व्रतलाई षोडष मातृका श्राद्घ पनि भन्ने गरेको स्थानीय पण्डित शम्भु मिश्र बताउँछन् । सबै दिवङ्गत आफन्तलाई तर्पण दिँदै ‘आफ्ना पौत्र (नाति), प्रपौत्र (पनाति) र उनका सन्तानको कल्याण गर, उनीहरूलाई दीर्घजिवी बन्ने आर्शीवाद देऊ’ भन्ने कामना गर्ने गरेको मिश्रको भनाइ छ । व्रतका दिन बिहानै उठेर घर लिपपोत गरेर चोखो पारिन्छ । पिना, तेल, घिरौलाको पात, जियलको पात, बाँसको पात, नयाँ लुगा बोकेर महिलाहरू छिमेकी महिलासँग समूहमा पोखरी तिर जान्छन् । पोखरीमा पुगेपछि तोरी पेलेपछि बन्ने खोस्टा अर्थात पिना लगाएर नुहाउँछन् । नयाँ लुगा लगाएर पितृ तथा ‘जिमुतवाहन’ देवतालाई पिना, तेल र बाँस, घिरौँला तथा जियलको पात चढाउँछन् । व्रतको अघिल्लो दिन बेलुका व्रतालु महिलाले विभिन्न प्रकारका खाना, दही, मिठाइ, माछा, कोदोको रोटी खान्छन् । भोलिपल्ट बिहान ४ बजे व्रतालु महिलाले आँगनमा घिरौलाको पातमा पितृ तथा जिमुतवाहनलाई दही, चिउरा, चिनी, केरा, मिठाई, पान, सुपारी चढाउने चलन छ ।

व्रत लिएको दिन बेलुकी जतिजना छोरा छन्, त्यति वटा नरिवल, फलफूललगायत पूजा सामग्री राखेर डाली भर्छन् । डालीलाई छोराले पानको पातले छोपिदिन्छन् । व्रत सकेपछि घरमा भएको छोरा, नातिले डाली खोल्छन् । डालीबाट प्रसाद झिकेर पुनः पितृ र जिमुतवाहनलाई चढाई सबैलाई बाँडेर दिएपछि व्रतालुले पानी पिउने र अन्य खानेकुरा खाने चलन छ ।

अछाम बाढीपहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

अछाम।अछाममा शुक्रबार रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे बाढी तथा पहिरोबाट ज्यान गुमाउनकाे संख्या १७ पुगेको छ। कमलबजार नगरपालिका, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन् ।

बाढी पहिरोमा परी अझै ६ जना बेपत्ता रहेको उनको भनाइ छ । बाढी पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकाेप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। बाढी तथा पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ।

आर्मेनिया–अजरबैजान द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको संकेत

मस्को। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमावर्ती झडपपछि आर्मेनिया र अजरबैजानबीचको द्वन्द्वमा मध्यस्थता गर्न मस्कोसँग पर्याप्त क्षमता भएको बताएका छन् ।  नागोर्नो–काराबाखको विवादित क्षेत्रलाई लिएर दशकौं पुरानो संघर्षसँग जोडिएको लडाईमा दुई सय भन्दा बढी व्यक्तिको मृत्यु भएपछि दुई दिन अघि युद्धविराममा यो लडाई समाप्त भएको थियो ।
अजरबैजानी राष्ट्रपति इल्हाम अलीयेभले शुक्रबार पुटिनलाई द्वन्द्व ‘स्थिर’ भएको बताए ।

दुबै पक्षले एक अर्कालाई २०२० मा काराबाखमा छ हप्ता लामो युद्ध पछि हजारौंको ज्यान लिएपछि उनीहरूबीचको सबैभन्दा घातक झडपको लागि एक अर्कालाई दोष लगाउँछन् । रुस आर्मेनियाको सैन्य सहयोगी हो, जसले अजरबैजानसँग पनि मैत्रीपूर्ण सम्बन्धको लागि प्रयास गर्छ ।

कैलालीमा १५ सयभन्दा बढी घर डुबानमा

धनगढी। लगातारको बर्षासँगै आएको बाढीका कारण कैलालीमा करिब १५ सय घर परिवार डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कैलालीको पूर्वी क्षत्रका पाँच पालिकामा डुबानका कारण नागरिकलाई समस्या भएको छ ।

जोशीका अनुसार कैलालीको जोशीपुर गाउँपालिकामा करिब चार सय, कैलारी गाउँपालिकामा एक सय ८०, टिकापुर नगरपालिकामा उक सय ७५, भजनीमा करिब ६ सय ८०, लम्कीचुहामा एक सय ५० घर डुबानमा परेका छन् । ती स्थाान उद्धारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सूचना अधिकारी जोशले बताए ।

अछाममा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १७ पुग्यो

धनगढी। अछामका विभिन्न स्थानमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।  जिल्ला प्रशासन कार्यालय अछामका अनुसार पहिरोमा परेर हाल सम्म ६ जना बेपत्ता र ११ जना घाइते भएका छन् । अछामको कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको अछामका निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले बताए । उनकाअनुसार कमलबजार नगरपालिका–८ मा एकै परिवारका पाँच जनाको शव  निकालिएको छ भने कमलबजार–६  ठाँटीकाँधमा बेपत्ता तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको चार जनाको गरी सात जनाको मृत्यु भएको छ । यस्तै, तुर्माखाँद-५ मा दुई घर पुरिँदा चार जनाको शव फेला परेको छ । अन्य पाँच जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ढकारी गाउँपालिका-६ मा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना बेपत्ता रहेकाे रिजालले बताए । तीनै मृतकको सनाखतकाे प्रक्रिया सुरू भएकाे प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बेपत्ताहरूको खोजी तीव्र पारिएको छ।

एमाले महोत्तरीमा गुटगत भेला, सिफारिसमा परेका उम्मेदवारमध्ये पनि छानेर कार्यक्रममा बोलाएको आरोप

महोत्तरी। महोत्तरीमा नेकपा एमालेका तल्लो तहका कमिटीहरूले आगामी निर्वाचनमा सिफारिसमा परेका उम्मेदवारहरूलाई छनाछनी बोलाएर धमाधम कार्यक्रम आयाेजना गर्न थालेका छन् । टिकट जसले पाए पनि निर्वाचनको समयमा एकजुट हुनुपर्छ भन्ने सन्देश प्रवाह गर्ने उदेश्यले आयोजना गरिएको कार्यक्रममै आफु निकट नेतालाई बाेलाइएकाे छ । शुक्रबार क्षेत्र नम्बर १ ‘क’अन्तर्गत बर्दिबास नगरपालिका–४ ले आयोजना गरेको कार्यक्रममा यस्ताे दृश्य देखिएको हाे । क्षेत्र नम्बर १ का उम्मेदवार र पार्टीको अवस्था बारे छलफल भनेर ब्यानरमा लेखिएको थियो । तर, सिफारिसमा परेका प्रदेशका एक उम्मेदवारबाहेक अरू देखिएनन् ।
जिल्लास्तरका नेताहरूको बाक्लै उपस्थिति रहेको उक्त कार्यक्रममा पाँच सयभन्दा बढी कार्यकर्ता थिए ।  निर्वाचनमा सबै एकजुट हुनुपर्छ भन्ने उदेश्य बोकेको आयोजक पक्षले दाबी गरे पनि प्रदेशमा सिफारिसमा परेका केदारबहादुर बस्नेतलाई मात्र बोलाउनुले कतिपयले गुटगत भेला भनेर समेत अर्थाएका छन् । प्रदेशमा सिफारिसमा परेका अन्य उम्मेदवारहरू सारदादेवी थापा र चन्द्रबहादुर क्यापछाकीलाई सम्पर्क गर्दा उनीहरूले कार्यक्रम बारे जानकारी नै नभएको बताए ।
जिल्लाका अन्य क्षेत्रको तुलनामा क्षेत्र नम्बर १ को क र ख मा नेकपा एमालेको बलियो पक्कड छ । सत्ता गठबन्धनको आन्तरिक खिचातानीले गठबन्धनबाट आउने साझा उम्मेदवारले पनि यहाँ जित्ने सम्भावना निक्कै कमजोर भएको स्थानीय नेताहरू बताउँछन् ।

यसैकारण पनि नेकपा एमाले क्षेत्र नम्बर १ का नेताहरू टिकट आफ्नो पक्षमा पार्न निक्कै जोडतोडले लागेका छन् । टिकटका लागि रघुवीर माहासेठको निवासमा धेरै नै नेताहरू आउने गरेको माहासेठको सचिवालयको भनाइ छ ।

प्रदेशसभामा को को परे सिफारिसमा ?
नेकपा एमाले क्षेत्र नं. १ ‘क’मा सिफारिस परेकाहरूमा सारदादेवी थापा, केदारबहादुर बस्नेत र चन्दबहादुर क्यापछाकी छन् ।सारदादेवी अघिल्लो पटक पनि निर्वाचित भएकी थिइन । पाँच बर्षसम्म आफूले गरेको कामको बिरासतले नै चुनाव जित्न सहज हुने उनको भनाइ छ । नेकपा एमालेभित्रैका एक पक्ष सारदादेवीलाई टिकट दिन नहुने पक्षमा छन् । स्थानीय तह निर्वाचनमा खुलेआम कांग्रेसबाट बागी उम्मेदवार बनेका प्रल्हाद क्षेत्रीलाई सहयोग गरेको उनलाई आरोप छ ।

आफ्नो उम्मेदवारलाई अन्तर्घात गरी पाटी इतरका व्यक्तिलाई जिताउन लागिपरेको हुनाले कतिपयले थापालाई कारबाहीको समेत माग गर्दै आएका छन् । तर, जनस्तरमा भने सारदादेवीको निक्कै राम्रो प्रभाव रहेको मानिन्छ । उनी पक्षधहरूले फरक व्यक्तिले टिकट पाए पार्टीले हार बेहोर्ने आकलन गर्दै आएका छन् ।

चितवनमा एनएस १२५ विएस सिक्स मोडलको पल्सर मोटरसाईकल

चितवन। बजाज कम्पनीको आधिकारिक बिक्रेता एनके मोटर्स भरतपुरले चौबिसकोठीमा एनएस १२५ बिएस सिक्स मोडलको पल्सर मोटरसाईकल सार्वजनिक गरेको  छ । शुक्रबार सांँझ भरतपुर महानगरपालिका–१० का अध्यक्ष परमेश्वर खनाल र बजाजका सेल्स प्रमुख श्रीधर भण्डारीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सो अवसरमा खनालले सकारात्मक सोच र कामबाट परिवर्तन सम्भव हुने बताए । सो अवसरमा चर्चित गायक गायक प्रमोद खरेल, टिका प्रसाईंले सांँगितिक प्रस्तुति दिएका थिए भने हाँस्य कलाकार सुमन कार्कीले प्रहसन गरेका थिए । कार्यक्रममा एनके मोटर्सका सञ्चालक पदमराज कँडेल, आरुषि मिडिया एण्ड इन्टरटेन प्रालिका अध्यक्ष सन्तोष बस्ताकोटीलगायत कम्पनीका कर्मचारीको सहभागिता थियो ।

दसैँ, तिहार, छठको अवसरमा कम्पनीले उक्त मोडलको मोटरसाईलको बिक्रीका लागि ‘आधाको आधानै काफी छ’ भन्ने स्किम ल्याएको छ । जसअनुसार सेवाग्राहीले मोटरसाइकलको कुल मूल्यको  २५ प्रतिशत डाउन पेमेन्ट गरी मोटरसाइकल लैजान सक्नेछन् ।

यो मोडलको मोटरसाइकलमा ४ स्ट्रोक, दुई भल्भ,एयर कुल्ड, पांँच गियर, फ्रन्ट डिस्क ब्रेक, ट्युबलेस टायर लगायतका विशेषता छन् । प्रतिलिटर ६५ किलोमिटरसम्म माइलेज दिने यो मोटरसाइकलको मूल्य दुई लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन्  । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । पाँच केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको स्वर्ण शब्दसहित काठको बेसमा बनाएको छ । ट्रफी १० लाख मूल्य बराबर छ। राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं एथलेटिक्स खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् । ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिन खर्चेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ।

ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृति अनुरुप कुनै पनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरेपश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ।

ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा

अछामको पहिरोमा १२ जनाको मृत्यु

मंगलसेन। अछामको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका–६ मा पहिरोले घर पुरिदा बेपत्ता ६ जनामध्ये ५ जनाको शव भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए । त्यस्तै, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा २÷२ जनाको शव फेला परेको उनले बताए ।

अन्य ३ शव जिल्लाका विभिन्न स्थानमा पहिरोमा पुरिएको अवस्थामा फेला परेको उनले बताए । बेपत्ताको खोजी कार्य भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

इजरायली हमलामा पाँच सिरियाली सैनिक मारिए

दमास्कस। इजरायलले सिरियाको दमास्कस अन्तर्राष्ट्रिय विमानस्थल र राजधानीको दक्षिणलगायत अन्य स्थानहरूमा गरेको हवाई हमलामा पाँच सैनिकको मृत्यु भएको छ। हमलामा ठूलो भौतिक क्षति भएको प्राप्त विवरणहरुमा जनाइएको छ।
सिरियाली वायु प्रतिरक्षाले आक्रमणलाई रोकेको छ र धेरैजसो क्षेप्यास्त्रहरू खसाल्न सफल भएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । आक्रमणमा  विमानस्थल सञ्चालनमा असर गरे नगरेको विषयमा तत्काल पुष्टि भएको छैन ।

सिरिया र लेबनानका सहयोगीहरूलाई हतियार पु¥याउन तेहरानको हवाई आपूर्ति लाइनको बढ्दो प्रयोगमा बाधा पु¥याउन इजरायलले सिरियाली विमानस्थलमा आक्रमणलाई तीव्र पारेको छ।

लन्डनमा दुई प्रहरी अधिकारीमाथि छुरा प्रहार

लन्डन। मध्यलन्डनमा शुक्रबार बिहान दुई प्रहरी अधिकारीहरूलाई एक व्यक्तिले छुरा प्रहार गरेका छन् । आक्रमणकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरीले जनाएको छ।

लेस्टर स्क्वायर वरपरको नाइटलाइफ क्षेत्रमा उक्त हमला भएको हो । घाइते प्रहरी अधिकारीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि आम बेलायती शोकाकुल भइरहेका बेला पछिल्लो घटना भएको छ । यसैबीच, दिवंगत एलिजाबेथको अन्तिम संस्कार सेप्टम्बर १९ मा हुँदैछ । अन्तेष्टिमा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र अन्य विशिष्ट व्यक्ति  सहभागी हुने।

कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य

सुर्खेत। कर्णाली प्रदेश सभाको १० औं अधिवेशन अन्त्य भएको छ । शुक्रबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश सभाको दशौंं अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । सोहीअनुसार प्रदेश प्रमुख तिलक परियारले अधिवेशन अन्त्य गरेका प्रदेश सभा सचिवालयका उपसचिव ((कानुन) तेजप्रकाश जोशीले जानकारी दिए ।दशौं अधिवेशन अन्त्यसँगै कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल  पनि सकिएको छ । अब प्रदेश सभाको अधिवेशन बस्दैन । अर्को कार्यकालका लागि आगामी मंसिरका निर्वाचन हुँदैछ । दशौँ अधिवेशनको अवधिसम्म प्रदेश सभाको २१५ पटक बैठक बसेको छ ।प्रदेश सभाले पहिलो वर्षमै प्रदेशको नाम कर्णाली र राजधानी वीरेन्द्रनगर टुंग्याएको थियो । यस अवधिमा केही महत्व्पूर्ण विधेयकहरु प्रदेश सभाले पारित गरेको छ । प्रदेश सभाको पहिलो कार्यकालमा ५३ वटा कानुन निर्माण गरेको छ । पहिलो कार्यकालमा अध्यादेशसहित प्रदेशसभामा ८३ वटा विधेयक दर्ता भएका थिए । अधिवेशन अन्त्य भए पनि प्रदेश सभा सदस्यहरुको कार्यकाल कहिलेसम्म रहने भने प्रष्ट छैन । सभामुख राजबहादुर शाहीले भने, ‘कहिलेसम्म हुन्छ भन्ने प्रष्ट छैन । कानुन बनाउनुपर्ने थियो । अहिले कानुन नबनेकाले कहिलेसम्म हुने भन्नै छैन । निर्वाचनको नोमिनेसनसम्म कार्यकाल रहने की भन्ने आ–आफ्नै बहस भइरहेका छन् ।’

अब निर्वाचन नहुने समयसम्म प्रदेश सभा सचिवालयले प्रशासनिक काम गर्नेछ । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले सचिवालयले अब प्रशासनिक गतिविधि गर्ने जानकारी दिए । उनले अब सभाले गरेका कामहरु बेवसाइडमा राख्ने, प्रतिवेदनहरु व्यवस्थित गर्नेलगायतका काम गर्ने बताए ।

संविधान दिवसको पूर्वसन्ध्यामा काठमाडौंमा नेकपा (एमाले) को पदयात्रा

संविधान दिवसको पूर्वसन्ध्यामा नेकपा (एमाले) ले काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।

बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।

अन्तर्वार्ता : कांग्रेसलाई पहिलो पार्टी बनाउन हिँड्ने कम्युनिष्ट हुन सक्दैन : अन्जान तिमिल्सिना

जनमुक्ति सेनामा हुँदा महत्वपूर्ण भूमिका निर्वाह गरेको माओवादी केन्द्रको बागमती प्रदेशका नेता अन्जान तिमिल्सिनाले पनि बिहीबार पार्टी परित्याग गरे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रकै प्रभावशाली नेता तिमिल्सिनाले पार्टी परित्याग गरेपछि यसले पनि चितवनको राजनीतिमा हलचल ल्याएको छ । उनी भरतपुर–१६ का बासिन्दा हुन् । पार्टी परित्यागको सन्दर्भमा तिमिल्सिनासँग न्युज कारखानाले कुराकानी गरेकाे छ।

तपाईं जनयुद्धमा पनि लाग्नुभयो, सैन्य कमाण्डर पनि भएर हिँड्नु भो, अहिले माओवादी किन छाड्नुभयो ? 

कुनै एउटै घटनाले हामी प्रभावित भएको हैन, यसको लामो श्रृखला छ । राजनीतिक हिसाबले हामीले निर्णय गरेको हो । वर्ग संर्घष क्रान्ति हुनुपर्छ भनेर जनयुद्धमा होमियौं । इमानदारितापूर्वक लाग्यौं । परिवर्तनका लागि जनयुद्ध गरेका थियौं । शान्ति प्रक्रियामा आयौं । तर, प्रचण्ड नेतृत्वले मूल एजेण्डा छाड्दै गयो । जनमुक्ति सेनाको समायोजन र व्यवस्थापनमा मूल नेतृत्व चुक्यो ।  हाम्रा एजेण्डा सेलाउँदै गए । पार्टी नेतृतव मूलतः भ्रम सिर्जना गर्ने काममा लाग्यो । राजनीतिक र वैचारिक रुपमा माओवादीसँग आज कुनै मुद्दा र एजेण्डा छैन ।

तपाईंहरूले पार्टी भित्र यी कुराहरू उठाउनु भएन ? 

पार्टी भित्र संर्घष गर्‍यौं । स्थानीय तहको निर्वाचन अगाडि पनि हामीले भन्यौं । तर, भ्रम र आश्वासन दिएर भुलाउन खोजियो । हामी यहाँसम्म आउँदा पार्टीले अब क्रान्ति गर्दैन , गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेको हो । एमसीसी पास नगर्ने भनेर महाधिवेशनमा उपस्थित ५ हजार जना प्रतिनिधिले पास गरेको कुरालाई किन लत्याइयो भन्नुस् त ? महाधिवेशभन्दा ठूलो प्रचण्डको आदेश हुन्छ र ? पछि उहाँले ब्याख्यात्मक टिप्पणीको बर्को लगाएर एमसीसी पास गर्नुभयो । उहाँले ब्याख्यात्मक टिप्पणी गरेर हुने कुरा हो र त्यो ? त्यसपछि पनि विभिन्न घटनाक्रम देख्दा जस्तो की नागरिकता विधेयक उस्तै तरिका देखिन्छ। नेकपा हुँदा उहाँले नै हैन विदेशबाट बिहे गरेर आउने बुहारीलाई नागरिकताका लागि ७ बर्षे प्रावधान राख्ने भन्ने उहाँ नै हैन । आज किन त्यहाँबाट च्यूत भएको ? अर्को कुरा के छ भने जसरी अहिले गठबन्धन बनेको छ यो मूलतः नेपाली जनता, नेपाल र अझै पनि नेपालको कम्युनिष्ट आन्दोलनलाई असर गर्ने खालको देखिन्छ । नेपालका कम्युनिष्टहरूलाई सिध्याउन विदेशीहरूले यो गठबन्धन बनाएका हुन् । कम्युनिष्ट पार्टी सिध्याउन कम्युनिष्ट भन्ने पार्टी लाग्न मिल्छ ?  एमालेलाई कमजोर पारेर नेपालका कम्युनिष्टहरूको हित हुन्छ त ? एमाले कमजोर हुँदा माओवादी बलियो हुन्छ कि कांग्रेस ? कम्युनिष्ट हौं भन्ने तर, कांग्रेसलाई पहिलो पार्टी बनाएर राज्यसत्ता सुम्पिने काम कम्युनिष्ट विरोधी मात्रै हैन, जनविरोधी काम हो । यसले हाम्रो वर्गको हित गर्दैन ।

तपाईं त सैन्य कमाण्डर पनि हो, हिजोका लडाकुले पाएको दुःखले तपाईंलाई उद्वेलित बनाएको हो ?

पक्कै पनि म प्रचण्डको सुरक्षा हेर्ने व्यक्ति पनि हुँ । प्रचण्डको भौतिक सुरक्षामा सैन्य फाँटबाट मैले योगदान गरेको छु । वाइसीएलहरूलाई तालिम दिने काम पनि गरेँ । म जनसैन्य प्रतिष्ठानको प्रमुख प्रशिक्षक पनि हो। उनीहरूको पीडा मैले नजिकबाट अनुभूति गरेको छु । प्रचण्ड दलाल नोकरशाहीको घेराबन्दीमा परेँ । नातावाद र कृपावादको हावी भयो । युद्धकालमा हामीलाई जोगाउन जनताको ठूलो योगदान र लगानी थियो । त्यो कुरालाई आज प्रचण्डले बुझेनन् । पारिवारिक सेटिङ र किचेन क्याबिनेट खडा गरियो ।

अन्ततः हामीजस्ता युद्ध लड्ने, ज्यान हत्केलामा लिएर हिँड्ने मान्छे नेता कार्यकर्ता पार्टीमा बसिरहन सकिएन । राजनीतिक वैचारिक हिसावले भन्नुहुन्छ भने माओावदी केन्द्रको विचार अस्पष्ट दिशाहिन छ । कस्तो समाजवाद ल्याउने हो ? कसले नेतृत्व गर्ने हो भन्ने दुविधा छ माओवादीजनमा । कांग्रेसका पछाडि लागेर, उसले दिएको हात थापेर खाएर समाजवाद ल्याउँछ भनेर हामीले पत्याउनु ? कार्यकर्तालाई भुलभूलैयामा राख्ने छल्ने ढाँट्ने कामले परिवर्तन हुन्छ र ?

एमालेमा त्यस्तो के देख्नुभो र प्रवेश गर्नुभो त ? 

बरु एमालेसँग स्पष्ट दृष्टिकोण पाएँ । विकास र समृद्धिको एजेण्डा छन् । आज १५ महिना यो गठबन्धनले सरकार चलाउँदा खै कहाँ के भयो देशमा ? सामाजिक, राजनीतिक, विकासका दृष्टिकोणबाट त एमाले स्पष्ट नै देखिन्छ। कोभिडको महामारी भरखरै संविधान जारी भए पछिको अवस्थामा पनि एमालेले विकासको छनक दिएको देखिन्छ । भूकम्पले भत्किएका संरचना उठाउन एमाले नेतृत्वको सरकारले योगदान गरेको देखिन्छ । केपी ओलीसँग भिजन छ । तर, गठबन्धनसँग एमाले कसरी कमजोर पारेर सिध्याउने भन्ने मात्रै कुण्ठा छ । जुन गलत छ । देशमा दुई एमाले चाँहिदैन । एउटै एमाले नै काफी छ।

तपाई पद नपाएर एमाले आएको भन्ने पनि छन् नि ? 

म पद र पैंसाका पछि लाग्ने मान्छे हैन। राजनीति मेरो पेसा हैन सेवा हो । अब मलाई अनेक आरोप लगाउँछन् । गद्दार भन्लान्, आर्थिक प्रलोभनमा परेको भन्लान् । पद पाएर गएको भन्लान् अनेक भन्छन् । तर, मलाई त्यसको प्रवाह छैन । हिजो माओवादीमा हुँदा पनि मैले एक रुपैया चन्दा उठाएको खाएको छैन । बरु आफ्नै पुर्ख्याैली सम्पति बेचेर हिँडेको छु । सम्पति बेचेर पार्टीमा लागेको थिएँ । पद नपाएर गएको, पद खान गएको भन्ने कुरालाई म खारेज गर्न चाहन्छु । राजनीतिक हिसाबले स्पष्ट भएर एमाले भएको हुँ । कांग्रेसका पछि लाग्नभन्दा एमाले ठिक छ भन्ने मेराे निष्कर्ष हो ।

पहिरोले घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता

साफेबगर।अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौरमा शनिबार बिहान ४ बजे पहिरोले २ घर पुर्दा एकै परिवारका ९ जना बेपत्ता भएका छन् । पहिरोभित्र केही शव देखिएको स्थानीयले बताएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डिएसपी नारायण डागिले बताए । ४ दिनदेखि निरन्तर आएको बर्षाले बाटो अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए ।

यस्तै, जिल्लाको ढकारी गाउँपालिका वार्ड न. ६  सिमानेमा स्थानीय हर्क ब बुढाको घर पहिरोले भत्किदा १ जनाको  मृत्यु  २ जना घाइते छन।