समाचार | Page 1714 of 5975 | ईमाउण्टेन समाचार

Our Network

जेठ १० २०८३, सोमबार

समाचार

माधव नेपाललाई बालेनको प्रश्न: कुन मुख देखाएर भोट माग्न जानु हुन्छ ?

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले राष्ट्रपति र पूर्वप्रधानमन्त्रीले तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान नगरेको टिप्पणी गरेका छन् । उनले एकीकृत समाजवादीका अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई तीनकुनेको समस्या समाधान नगरी कसरी जनतामाझ जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।  शाहले शनिबार सामाजिक सञ्जालमा एक स्टेटस लेख्दै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई प्रधानमन्त्री हुँदासमेत आफ्नो निर्वाचन क्षेत्र तीनकुनेको ५० वर्षदेखिको समस्यालाई समाधान नगरेकोले ‘कुन मुख देखाएर’ जनतासँग भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

चुनाव आउन अझै २ महिना बाँकी रहेको र सरकार पनि आफ्नै रहेकोले समस्या समाधान गर्न सुझाव दिएका छन् । उनले भनेका छन्, ‘आदरणीय माधब नेपालज्यु तथा सम्माननिय रास्ट्रपति ज्यु,  प्रधानमन्त्री बन्नु भयो रास्ट्रपति बन्नु भयो । आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नु भएन । अब कुन मुख देखाएर जनता माझ भोट माग्न जानु हुन्छ ? अझै दुई महिना छ, सरकार तपाइँकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’

निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह

काठमाडौं। निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ। नेपालको सातै प्रदेशका बालबालिकाहरुको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरु बुझाइएको छ। कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरुमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणाापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए । निर्वाचन निरगरानी समूहका संयोजक डा. कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए । कार्यक्रममा बाल पैरवी समूहका सदस्य भाइबहिनीहरुले सामूहिक रुपमा सुझावहरु प्रस्तुत गरेका थिए ।

नलगाडमा सुत्केरी भैंसीलाई भत्ता

सुर्खेत। भैंसी पालन कृषकलाई व्यवसायिक रुपमा सक्रिय बनाइ दुध उत्पादनमा वृद्धि गर्न सुत्केरी भैंसीलाई भत्ता दिन लागिएको छ । जाजरकोट नलगाड नगरपालिकाले पालिका भित्रका सबै सुत्केरी भैंसीलाइ यो भत्ता दिन लागिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए । ‘भैंसी सुत्केरी, प्रोत्साहन हात भरी ’ भन्ने कार्यक्रम अन्तरर्गत भैंसी पालक कृषकहरुलाई भैंसीको व्यवसायिक पालनमा सक्रिय बनाउनका लागि यो कार्यक्रम ल्याइएको अधिकृत गिरीले जानकारी दिए । भदौदेखि लागू हुने गरी प्रत्येक सुत्केरी भैंसीलाई रु १ हजार ५०० दरले रकम दिन लागिँएको उनले जानकारी दिए । अधिकृत गिरीले भने ,‘ भैंसी पालन व्यवसाय विस्तारै कम हुँदै गएकोले नगरपालिकाबाट भैंसी पालन व्यवसाय विकास र वृद्धि गर्नका लागि यो कार्यक्रम ल्याइएको छ । वडाहरुले समेत थप भत्ता दिएर काम गर्नका लागि बाटोसमेत खुल्ला गरिएको छ। ’भदौबाट लागू हुने गरी सुत्केरी भैंसीको लागत संकलनको काम भइरहेको नगरपालिकाले जनाएको छ । पुर्वी क्षेत्रको नलगाड भैंसी पालन व्यवसाय राम्रो भएको पालिका मध्यमा पर्दछ । उक्त भत्ता लिएर भैंसीको हेरचाह, आहार र व्यवस्थापमा खर्च हुने छ । वर्षमा एक पटक मात्र सुत्केरी भत्ता दिने योजना नगरपालिको लिएको छ । एकै घरका धेरै वटा भैंसीहरु सुत्केरी भएमा ,उत्ती धेरै भत्ता दिने नगरपालिकाको योजना रहेको छ । यो योजनाले दुध उत्पादनमा वृद्धि ल्याउनुका साथै भैंसी पालक कृषकलाई सम्मान हुने अपेक्षा लिइएको छ । नलगाडको कालीमटीमा दुध डेरी समेत सञ्चालनमा आउनुका साथै बाहिर निर्यातका लागि सहकारी मार्फत आधुनिक मेसिन जडान गरी काम समेत सुरु भएको नगरप्रमुख डम्वर रावतले जानकारी दिए । जाजरकोट – डोल्पा सडक खण्डको बीचमा रहेको यहाँ नलगाड जलविद्युत आयोजना निर्माण स्थलमा समेत रहेको छ । जनसंख्याको चाप रहेको यस क्षेत्रमा आउन र जान समेत सहज रहेको छ ।

यस क्षेत्रमा उत्पादन भएको दुध अन्य जिल्लामासमेत सजिलै ढुवानी गर्न सकिने भएको छ । भैंसीलाई सुत्केरी भत्ता दिने नगरपालिकाको योजनाले आफू खुसी भएको कृषक रामबहादुर रावलले बताए । उनले भने,‘ महिलालाइ त भत्ता दिएको थाहा पाएका थियौं तर अब भैंसीलाई पनि दिने भन्दै कर्मचारीहरु भैंसी अनुगमणमा आएका थिए , खुसी लाग्यो ।’

समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुम्यो 

खोटाङ। खोटाङको दिक्तेलमा सञ्चालन गरिएको समता फुटबल प्रतियोगीताको उपाधि बाम्राङ युवा क्लवले चुमेको छ । प्रथम र दोश्रो स्थानका लागि शनिबार दिक्तेलको माटिकोरे खेलमैदानमा सम्पन्न फाइनल खेलमा साकेला गाउँपालिकालाई पछि पार्दै बाम्राङ युवा क्लवले उपाधि चुमेको हो । बाम्राङ युवा क्लवले २ गोल गर्दा साकेलाले १ गोल मात्र फर्काएको थियो । समता फुटबल क्लवको आयोजनामा भएको प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने बाम्राङ युवा क्लवले नगद ५१ हजार १११ र दोश्रो स्थान प्राप्त गर्ने साकेला गाउँपालिकाले २७ हजार ७७७ को साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् । विजेता र उपविजेता टिमलाई जिल्ला फुटबल संघका अध्यक्ष ध्रुवविक्रम राई, बाम्राङका वडाध्यक्ष महेन्द्र राई, जिल्ला खेदकुद विकास समितिका पुर्वअध्यक्ष महेश राई लगायतले पुरस्कार हस्तान्तरण गरेका थिए । जिल्लाका १७ टिमको सहभागीता रहेको प्रतियोगीतामा हलेसी फुटबल क्लवले तेश्रो स्थान प्राप्त गरेको छ । हलेसी फुटबल क्लवले शुक्रबार युवा जागरण क्लवलाई पछि पार्दै तेश्रो स्थान पक्का गरेको थियो । तेश्रो स्थान प्राप्त टिमलाई नगद १२ हजार ५५५ रुपैयाँकाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको समता फुटबल क्लवका अध्यक्ष डिके दिनेशले जानकारी दिए ।

प्रतियोगीतामा साकेला गाउँपालिकाका रामसुर राईले बेष्ट डिफेन्डर, बाम्राङ युवा क्लवका हरि खवासले हाइ स्कोरर, बाम्राङकै सुजन खवासले बेष्ट मिडफिल्डर, बाम्राङकै सुजन खड्काले बेष्ट गोलकिपर, साकेला गाउँपालिकाका प्रशान्त राईले बेष्ट फरवार्ड र साकेलाका जोर्डन राईले प्लेयर अफ टुर्नामेन्टको उपाधि जितेका छन् । प्रतियोगीता गत शनिबार प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले उद्घाटन गरेका थिए ।

अर्घाखाँचीका जनप्रतिनिधीले बुझाएनन् खर्च विवरण, नतिरे ६ महिनाभित्र पद जानसक्ने

अर्घाखाँची। गत स्थानीय तहको निर्वाचनबाट अर्घाखाँची जिल्लाका नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकामा निर्वाचित अध्यक्ष उपाध्यक्ष मध्ये ५ जनालाई छिटो जरिवाना रकम तिर्न निर्वाचन आयोगले ताकेता गरेको छ। निर्वाचनमा निर्वाचित भएपनि १२ जनामध्ये ५ जनाले खर्च विवरण बुझाएका छैनन भने ७ जनाले मात्रै खर्चको विवरण समयमै बुझाएको देखिएको छ।

खर्च विवरण ढिलो बुझाएकाहरुको हकमा पनि कानूनले फरक व्यवस्था नगरेकोले खर्च विवरण नबुझाएकाले सरह जरिवाना गर्ने आयोगले जनाएको छ।आयोगका अनुसार सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उपप्रमुख मिश्रा आचार्य, शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेल भूमिकास्थान नगरपालिकाका नगर उपप्रमुखमा निर्वाचित बालकृष्ण बन्जाडेले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्नेछ भने छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले ३ लाख ५० हजार जरिवाना तिर्नुपर्नेछ । शितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले पेश गरेका छैनन भने गिता भाटले समयमै पेश गरेकी छन् । नगरप्रमुखमा उम्मेदवार बनेका मध्ये नेकपा मालेका तर्फबाट उम्मेदवार बनेका केदार बेल्वासेले ढिलो गरी विवरण बुझाए पनि अरु कसैले खर्च विवरण वुझाएका छैनन् ।

शितगंगामा प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका मध्ये उपप्रमुख गिता भाट बाहेक सवैले जनही ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ । सन्धिखर्क नगरपालिकामा निर्वाचित नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ र उपप्रमुखमा निर्वाचित मिश्रा आचार्यले ढिलो गरी विवरण बुझाउदा प्रमुखका उम्मेदवार शान्ता आचार्य र राजेन्द्र नेपालीले मात्र समयमै खर्च विवरण बुझाएका छन् । त्यस्तै उपप्रमुखमा पराजित भएकामध्ये माओवादी केन्द्रबाट उम्मेदवार बनेका राजेन्द्र भुसालले मात्र समयमै खर्च विवरण बुझाएका छन् । यसर्थ सन्धिखर्क नगरपालिकामा प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका मध्ये शान्ता भण्डारी, राजेन्द्र नेपाली र राजेन्द्र भुसाल बाहेक सवैले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।यता भूमिकास्थानमा नगर प्रमुखमा निर्वाचित झविलाल थापा र पराजित भएका अर्जुन खनाल ले समयमै खर्च विवरण बुझाउदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका रेशम थापाले खर्च विवरण बुझाएका छैनन । त्यस्तै उपप्रमुखमा निर्वाचित एमालेकी बसन्ता पौडेलले विवरण समयमा बुझाएकी भएपनि निर्वाचित भएका बालकृष्ण बन्जाडेले समयमा खर्च विवरण बुझाएनन । यहाँ रेशम थापा र बालकृष्ण बन्जाडेले ४ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ ।पाणिनीमा अध्यक्षमा निर्वाचित टेकराज न्यौपाने र उपप्रमुखमा निर्वाचित नर्मदा पौडेलले समयमै खर्च विवरण बुझाउदा प्रमुख तथा उपप्रमुखमा पराजित भएका अन्य कुनैपनि उम्मेदवारहरुले खर्च विवरण बुझाएका छैनन । प्रमुख र उपप्रमुखमा पािरजित भएका सवै उम्मेदवारहरुले ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्नेछ। छत्रदेव गाउँपालिकामा अध्यक्षमा निर्वाचित चन्द्रमान श्रेष्ठले ढिलोगरी विवरण बुझाउदा उपाध्यक्षमा निर्वाचित मनी पन्थीले भने समयमै खर्च विवरण बुझाएकी छन् । छत्रदेवमा पनि अध्यक्ष र उपाध्यक्षमा पराजित कुनैपनि उम्मेदवारले खर्च विवरण बुझाएका छैनन । मनि पन्थी बाहेक अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार बनेका सवैले समान ३ लाख ५० हजारका दरले जरिवाना तिर्नुपर्ने भएको छ।

मालारानी गाउँपालिकामा निर्वाचित अध्यक्ष दलबहादुर भट्टराई र उपाध्यक्षमा निर्वाचित दिपा पोख्रेलले खर्च विवरण समयमै बुझाएका छन् भने अध्यक्षमा पराजित भएकाहरुमध्ये राप्रपाका पदम महतले मात्र समयमै विवरण बुझाउदा उपाध्यक्षमा पराजित नेपाली काँग्रेसका शोभाखर खनालले पनि खर्च विवरण समयमै बुझाएका छन् ।

सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध

अर्घाखाँची। महेन्द्र राजमार्गबाट अर्घाखाँची जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिंगे सडक अवरुद्ध भएको छ। सन्धिखर्क गोरुसिंगे सडक खण्ड अन्तरगत सन्धिखर्क नगरपालिका वडा नं. ६ घुम्ती नजिकै पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। केही दिनदेखीको वर्षसंगै निरन्तर पहिरो झरिरहेको घुम्तीमा वडा कार्यालय र शिवपुर सडक डिभिजन कार्यालयले सडक खुलाउँदै आएकोमा आज दिउँसो ठूलो पहिरो झरेको हो ।

सडक अवरुद्ध भएपछि सन्धिखर्कदेखी गोरुसिंगेको सम्वन्ध विच्छेद भएको छ । यद्यपी पहिरो सोहोर्ने काम भैरहेको र साँझ अवेरसम्म बाटो खुल्ने बताइएको छ।

लमजुङमा दुई बर्ष पछि नयाँ भाडादर निर्धारण

लमजुङ। लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो । जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील  बैद्यको भनाइ छ । यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आगामी असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्वन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ । बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो।

सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ। जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ । जिल्ला बाहिर मनाङ सदरमुकाम चामे सम्म एकहजार पाँचसय र सुनौली सम्मका लागि नौसय, विरगंजका लागि आठसय ५० कायम भएको छ।
त्यसैगरी काठमाण्डौका लागि माईक्रोमा सातसय १०, ठूलो बसमा ६ सय ५० नयाँ भाडादर कायम भएको छ।

पोखराको लागि पाँचसय रुपैया, नारायणगढका लागि माईक्रोमा चारसय ७५, ठूलो बसमा चारसय रुपैया कायम भएको छ। जिल्लाकै पुरानो सदरमुकाम कुन्छा देखि काठमाण्डौ सम्मको माईक्रो भाडा भने आठसय रुपैया कायम भएको छ।

प्रहरीले दुई महिनामा ४३ फरार अभियुक्त पक्रियाे

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले चालु आर्थिक वर्षमा अदालतबाट सजाय तथा बिगो जरीवाना तोकिएको ४३ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले गत साउन र भदौ महिनामा अदालतले विभिन्न मुद्दामा सजाय तथा बिगो जरीवाना तोकिएको अभियुक्तहरूलाई पक्राउ गरि फैसला कार्यान्वयनका लागि जिल्ला अदालत गाईघाटमा बुझाएको छ ।

चालु आर्थिक वर्ष सुरू भएपछि १ साउनदेखि ३१ भदौसम्ममा ४३ जना फरार अभियुक्त पक्राउ गरी सजाय र बिगो जरिवाना भुक्तान गराएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) राकेशकुमार पोदारले जानकारी दिए ।

 

चोलेन्द्र शमशेरविरुद्धको महाअभियोग विषयमा सिफारिस समितिमा छलफल सुरु

काठमाडौ। निलम्बित प्रधानन्यायाधी चोलेन्द्र शमशेर जबराविरुद्ध लागेको महाअभियोगको विषयमा सिफारिस समिति छलफल सुरु भएको छ। जबरासँगको सुनुवाई र उनले पोलेका व्यक्तिहरूसँगको बयानपछि आज समितिको बैठक बसेको हो।

बैठकले जबरामाथि महाअभियोग लगाउने वा नलगाउने निर्णय गर्ने समितिका सदस्यहरूले बताए । शनिबार बिहान सिफारिस समितिले जबरालाई पूरक प्रश्न सोधेको थियो । त्यसपछि समितिका सदस्यहरूलाई समितिको सचिवालयले तयार पारेको प्रतिवेदनको मस्यौदा बुझाएको थियो । अबको बैठकले उक्त प्रतिवेदनलाई अन्तिम रुप दिनेछ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल शनिबार राति १२ बजेपति सकिने भनेकाले सिफारिस समितिले आजै सभामुखलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

सडक संजालले नछोएको मनाङको नार्पाभूमिमा सेनाको स्वास्थ्य शिविर

लमजुङ। सडक संजालले नछोएकाे मनाङको विकट गाउँ नार्पाभूमि गाउँपालिकामा सेनाले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। मनाङमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मका गुल्मपति दिनेश मल्लको नेतृत्वमा सेनाको ४३ जनाको टोलीले स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरमा नारगाउँमा ५१ जनाको आयुर्वेद, ९४ जनाको आँखा, १२ जनाको दाँत, १०६ जनाले ल्याब सेवा लिएका छन्। यस्तै, च्याखुमा ४२ जना आयुर्वेद, २० जना आँखा, १४ जना दाँतका बिरामीको उपचार गर्नुका साथै २५ जनाको ल्याब परीक्षण गरिएको छ।

फुगाउँमा १५ जना आयुर्वेद, २८ जनाको आँखा, १५ जनाको दाँत र २१ जनाको ल्याब गरी जम्मा २६४ जनाको स्वास्थ्य परीक्षण भएकाे छ।

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण

उदयपुर। उदयपुरकाे कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएकाे छ ।  बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगी फेला परेको हाे । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जाेखिमयुक्त मानिएकाे छ । किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएकाे छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको  छ।

झण्डै तीन दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगी भेटिएकाे छन् ।

 

 

संसदीय मर्यादाको खिल्ली उडाइयो : यादव 

काठमाडौं। जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान घोषणा भएको ६ वर्ष बितिसक्दा पनि देशका सबै नागरिकले यसको स्वामित्व लिन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले संविधान जारी गर्ने बेला मधेशी समुदायलाई बहिस्कार गरे पनि पछि संसोधनमार्फत यो समुदायलाई समेट्ने आशा लिएको तर पूरा नभएको बताए । यसकारण मदेशी समुदायले संविधान जारी भएको दिनलाई कालो दिवसको रुपमा लिँदै आएको उनले बताए । यो सदनमा जबरजस्ती ‘फास्ट ट्रयाक’को संविधान पुनरावलोकन गर्न कसैले नखोजको उनले बताए । ‘बरु पटक पटक संदन बिघटन गर्न खोजियो, संसद बिघटनको रेकर्ड बन्यो । खारेजीको चरणमा पुगेको लोकतन्त्रलाई पाँच दलीय गठबन्धनले लिकमा ल्यायो । तर, मधेशी समुदायलाई अनागरिक हुने चरणबाट उठाएन।’ उनले भने ।यद्यपि, संघीयता कार्यान्वयनका लागि सदनले केही ऐन बनाउको, स्थानीय तह निर्वाचन गरेको उनले बताए । यी काम हुँदाहुँदै पनि अझै केन्द्रीइ एकात्मक शासन रहिरहेको उनको भनाइ छ ।  उनले भनको ‘संघीयतातर्फका बाटोमा एक कदम सारिएको छैन । संघीयता धरापमा पर्ने हो की भन्ने आशंका छ।’

उनले नागरिकता विधेयकको विवादले संसदको औचित्यनै समाप्त हुन खोजेको हो की भनेर अशंका गरे । उनले भने, ‘दुवै सदनले पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता पठाएर संसदीय मर्यादाको खिल्ली उडाइयो ।’  यस्तै, लोकतन्त्र र संघीयता बचाउन विभिन्न पटक विभिन्न समुदायले आन्दोलन गरे तर, सरकारले तिनीहरुलाई पक्रेर उल्टै बन्दी बनाएको आरोप लगाए । उनीहरुलाई तत्काल रिहा गर्न उनको माग छ ।  मधेश अन्दोलन र अन्य आन्दोलनबारे अध्ययन गर्न सरकारले गठन गरेको लाल आयोगको अध्ययन प्रतिवेदन सार्वजनिक गर्न पनि उनले माग गरेका छन् ।
साथै, सदनमा उनले संविधानअनुसार नेपालमा स्वायत्त क्षेत्र कहाँ छ ? भनेर प्रश्न गरे । उनले स्वायत्त क्षेत्र खोज्न कहाँ जाने ? प्रश्न गरे।

अहिले देशमा भष्ट्राचार संगठित र संस्थागत भएको उनको आरोप छ । यही कारण देशको वित्तिय अवस्था नाजुक बनेको छ। उनले भने, ‘व्यापार घाटा घटाउने कुनै योजना छैन । देश दरिद्रीकरणतर्फ गइरहेको छ।’

सबै गतिविधि निर्वाचनमा केन्द्रित गर्न एमाले लमजुङको आग्रह

लमजुङ।नेकपा एमाले लमजुङले अबका सबै गतिविधि निर्वाचन केन्द्रित गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । एमाले जिल्ला कमिटी लमजुङको शुक्रबार मदन–आश्रित भवनमा बसेको १०औं सचिवालय बैठकले ४ मंसीरमा  हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा यस्तो आग्रह गरेको हो । बैठकले सबै पालिका कमिटीहरूको बैठक समेत तय गरेको  छ । जसमा बेसीशहरको  ७ असोजमा, ८ असाेजमा सुन्दरबजारकाे, मध्यनेपालकाे ६ असोजमा, मर्स्याङ्दीमा ५ असोजमा, राईनासमा ४ असोजमा, क्ब्होलासोंथरमा ५ असोजमा, दोर्दीमा ६ असोजमा र दुधपाखरीको ९ असोजमा पालिका कमिटीको बैठक तय गरिएको एमाले जिल्ला कमिटीका सचिव शुभाष पौडेलले जानकारी दिए ।

बैठकले गोपालकृष्ण अधिकारीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला लेखा कमिटी गठन गरेको  छ । कमिटीको उपाध्यक्षमा उदय न्यौपाने, सचिवमा नरबहादुर रिमाल र सदस्यहरुमा क्षेत्रनाथ थपलिया, नबराज श्रेष्ठ, असिम अधिकारी र कमला थापा रहेका छन् ।

 

अछाम पहिरो अपडेट : मृत्यु हुनेको संख्या २२ पुग्यो (नामावलीसहित)

धनगढी।अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा ढकारी गाउँपालिका-६ बस्ने दुई वर्षीय नविन बुढा, तुर्माखाँद गाउँपालिका- ५ बस्ने १७ वर्षीय जानकी शाही, सोही गाउँपालिकाका १७ वर्षीय बिमला शाही, ४५ वर्षीय नेत्र शाही, ३६ वर्षीय मनिषा शाही, १७ वर्षीय कल्पना शाही, १३ वर्षीय सुन्दर शाही, एक वर्षीय मेनिका शाही, तीन वर्षीय कल्पना शाही, २१ वर्षीय भावना शाही र कमलबजार नगरपालिका-६ बस्ने ३० वर्षीय अमृता कामी, १७ वर्षीय समिता कामी, २१ वर्षीय अर्धना कामी, ९ वर्षीय निखिल कामी, ३६ वर्षीय मैनकला कामी,१५ वर्षीय गिता कामी, १२ वर्षीय सिरु कामी रहेको प्रहरीले बताएको छ।

यस्तै, कमलबजार नगरपालिका-८ ढुङ्गला बस्ने २६ वर्षीय गम्भीर दमाई, बस्ने २३ बर्षीय भाना दमाई, ६ वर्षीय डिग्रा दमाई, तीन वर्षीय कलु दमाई, चार वर्षीय कल्पना दमाई रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । पहिरोमा परेर ११ जना घाइते छन् ।

सदनको अकाल मृत्युवरण रोकेर संविधान कार्यान्वयन गर्यौ : प्रचण्ड

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानसभाबाट संविधान घोषणा हुँदा देशमा राजनीतिक स्थायित्व, विकास र सम्मृद्धिको बाटोमा लाग्ने विश्वास गरे पनि त्यो सफल भएनको बताएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई आज सम्बोधन गर्दै उनले संविधानविपरित सदनले झण्डै अकाल मृत्युवरण गर्नु परेको बताए । उनले संविधानले निर्देशित गरेअनुसार पाँच वर्ष सदन चल्ने अनुमान गरे पनि यसले विभिन्न अवरोध व्यहोर्नु परेको बताए । सरकार गठनको तीन वर्षमै संविधानअुनसार सरकार अघि बढ्न सकेन । यसले अस्थिरता निम्त्याउन खोजेको थियो ।  यस्तै, प्रतिपक्ष दलकाका नेता केपी शर्मा ओलीले आरोप लगाए जस्तो अहिलेको सरकार परमादेशी नभइ जनदबाब र संविधानअनुसार बनेको उनले बताए । ओलीले संसदमा गरेको भाषणपछि जसले जे बोले पनि हुने रहेछकी के हो जस्तो लागेको अध्यक्ष प्रचण्डले बताए । उनले भने, ‘संविधान हामीले नै बनाएका होइनौं र । संविधान बनाउँदा के भनेका थियौँ । संविधानको मर्म के हो ? संसद र नेपाली जनता भेँडा हुन र ?’ उनले अहिलेको सरकारले संविधान जोगाएको पनि बताए । ‘संविधान मिच्ने मात्रै प्रतिगमनकारी हुने संविधान कार्यान्वयन गर्ने कसरी प्रतिगमनकारी हुने ?’ उनको प्रतिप्रश्न छ  । अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवादको रिस पोख्न ओलीले संसद विघटन गरेको पनि बताए । उनले पार्टीभित्रका विवाद, मतभेद र समाधान गर्ने आफ्नै विधि छाडेर ओली संसद विघटनमा लागेको बताए।  उनले परमादेशको सन्दर्भ र संसदमा जारी सुनुवाईअनुसार यो सरकार जनताको दबाब, संविधान र संसदको बहुमतबाट बनेको प्रष्ट भएको उनको भनाइ छ । बरु अदालतलाई गलत बाटोमा लैजाने काम अघिल्लो सरकारले पो गरेको रहेछ भनेर निलम्बित प्रधानन्यायाधीशको सुनुवाईबाट पुष्टि भएको उनले बताए ।

अन्तिममा उनले संविधान, लोकतन्त्र, प्रजातन्त्रको रक्षाका लागि यो सरकार गठन भएको बताए । यो सरकारले कोभिड महामारी नियन्त्रणका लागि गरेको प्रयास र स्वास्थ्य सामग्री जुटाउन निकै राम्रो काम गरेको पनि दावी गरे । यस्तै बाँकी तपाई (ओली)ले भनेजस्तै आगामी ४ मंसिरमा हेरौला ।

धेरै तितो नबोलौं यो सरकार कसरी बन्यो भनेर त छाताछुल्लै भइसकेको छ : ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सरकार भएको भए गत वैशाखमै निर्वाचन भइसकेको हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार परमादेशबाटै बनेको पुनः दोहोर्याए । यो सरकार संविधान विपरित रहेको र यो प्रतिगमन भएको पनि दावी गरे । यद्यपि, यो सरकारले निर्वाचन तोकिसकेका कारण अब धेरै बहस गर्न जरुरी नभएको बताए । उनले आफू सरकारमा रहिरहेको भए १७ र २७ वैशाखमै भइसकेको हुने बताए ।  उनले यो सरकारले जेसुकै भने पनि संविधानको उल्लघन गरेको घटना अहिले भइरहेका घटनाक्रम देखाएको पनि बताए । उनले भने, ‘सरकार बनाएको परिवेश त छताछुल्ल भएकै छ । जे भए पनि अब हामी एउटा कोर्षमा गइसकेका छौं । निर्वाचनको मिति तोकिएको छ । यो प्रतिगमन होइन । तर, संविधानविपरित परमादेशबाट सरकार गठन हुनु चाही प्रतिगमन नै हो ।’ बैठकमा उनले यो सरकारले भष्ट्राचारको सन्दर्भमा ‘ …भन्दा देख्नेलाई लाज’ भने जस्तो गरिरहेको आरोप पनि लगाए । उनले अब छुट्टिने बेलामा धेरै कठोर नबोलने पनि बताए । उनले भने, ‘तितो नबोलौं तर प्रधानमन्त्रीलाई सही बाटो देखाउनै पर्छ ।’

संबोधनका क्रममा संसदको प्रारम्भमा निकै राम्रा काम भएको बताए । प्रारम्भामा धेरै कानुन संसोधन गरेको, संघीयताका संरचना निर्माण गरेका, संघ, स्थानीय तह कसरी चलाउने भनेर संविधान अनुकुल कानुन र अन्य संरचना निर्माण गरेको बताए । यस्तै, प्रदेशहरूको राजधानी तोक्ने, एउटा बाहेक बाँकीको नामाकरण लगायत काम निकै राम्रोसँग गरेको बताए । साथै, भूकम्पपछिको पुनर्निर्माणमा पनि अत्यन्तै प्रभावकारी काम भएको बताए ।