प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रधानमन्त्रीबाट नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले नवौं राष्ट्रिय खेलकुदका लागि तयार गरिएको ट्रफी सार्वजनिक गरेका छन्  । ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलकुदले नयाँ गति लिन लागेको र यसका लागि सरकारको सहयोग रहने बताए । पाँच केजी चाँदीको ट्रफीमा मेन ट्रफी भन्ने शब्द दुई तोला सुनले कुँदिएको स्वर्ण शब्दसहित काठको बेसमा बनाएको छ । ट्रफी १० लाख मूल्य बराबर छ। राष्ट्रिय खेलकुदको नवौं संस्करणमा पहिलो पटक तयार गरिएको च्याम्पियन टोलीलाई प्रदान गर्न लागिएको ट्रफीको परिकल्पनाकार नेपाल ओलम्पिक कमिटीका महासचिव, नेपाल ट्राईयाथलनका अध्यक्ष एवं एथलेटिक्स खेलाडी निलेन्द्र राज श्रेष्ठ रहेका छन् । ट्रफीका शिल्पकार श्याम तुलाधर रहेका छन् भने ट्रफी निर्माण गर्न पाँच जना कालीगढले दिनको १८ घण्टाका दरले २५ दिन खर्चेका छन् । ट्रफी राष्ट्रिय खेलकुदमा टिम च्याम्पियन बन्न सफल टिमलाई प्रदान गरिने छ।

ट्रफी पूर्ण कलशको स्वरुपमा रहेको छ । नेपाली संस्कृति अनुरुप कुनै पनि शुभकार्य, मंगलकार्य र विजय उत्सवका बखत कलशलाई पुजा गरेपश्चात मात्र कार्य सुभारम्भ गर्ने परम्परालाई आधार मानेर ट्रफीको निर्माण गरिएको छ । यो नेपाली कला शैलीमा निर्माण गरिएको छ।

ट्रफी नवौं राष्ट्रिय खेलकुदमा सहभागी सातै प्रदेश, तीन विभागीय टोली र एनआरएनएमा

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);