अर्थ ⁄ वाणिज्य Archives | Page 627 of 627 | ईमाउण्टेन समाचार

Our Network

साउन २४ २०८३, सोमबार
धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंकबाट २६ लाख ४६ हजार रुपैयाँ गायब

१ फागुन, कैलाली ।
धनगढीस्थित नेपाल इन्भेष्टमेण्ट बैंकबाट २६ लाख ४६ हजार रुपैयाँ गायब भएको छ । बैंकको एटीएममा राख्नका लागि तयार पारिएको रकम बैंक भित्रबाटै गायब भएको बैंकका म्यानेजर राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । बैंकले घटनालाई लुकाउन खोजेको भन्दै सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका थिए ।

बहस वाईल्ड लाईफ टुरिजमको

१ फाल्गुन, काठमाडौं । नेपालका प्रमुख पर्यटकीय गन्तब्यहरु मध्ये एक प्रमुख गन्तव्य हो चितवन । विश्वमै वाइल्ड लाइफ पर्यटनका लागि समेत चर्चित रहेको चितवन राष्टिय निकुञ्जले नेपाली पर्यटनलाई विश्वव्यापी बनाउन निक्कै मद्दत गरेको छ । तर केहि नीतिगत सुधार र प्रचार प्रसारको अभावमा अझै पनि चितवन राष्ट्रिय निकुञ्जलाई वाईल्ड लाईफ टुरिजमका रुपमा विकास गर्न सकिएको छैन ।

दश बर्ष भित्र कृषिमा आत्मनिर्भरः मन्त्री चौधरी

१ फाल्गुन, काठमाडौं । कृषि विकास मन्त्री गौरी शंकर चौधरीले आगामी १० वर्ष भित्र नेपाल कृषिमा आत्मनिर्भर हुने दावी गर्नुभएको छ ।

सुनचाँदीको मूल्यमा बृद्धि

१ फाल्गुन, काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।

सेयरमा सुधार

१८ माघ, काठमाडौं । मंगलबार सेयरबजार परिसूचक नेप्से १७ अंकले बढेर १३ सय २६ दशमलव ६ को विन्दुमा पुगेको छ ।

सरकारी रवैयाका कारण वित्तिय प्रणालीमा तरलता अभाव, अस्थिर राजनीतिले यसरी बन्दैछ अर्थतन्त्र कमजोर

सरकारी रवैयाका कारण वित्तिय प्रणालीमा तरलता अभाव, ठूलो आकारमा बजेट ल्याउने तर विकास रकममा खर्च नहुँदा यस्तो अवस्था आउने गरेको अर्थविद्हरुको भनाइ

एनसेल विरुद्ध खनिए सांसद्, लाभकर तिर्न आनाकानी गरे अनुमति खारेज गर्न माग

११ माघ काठमाडौं । संसद्को लेखा समितिले निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेललाई पुँजीगत लाभकर चुक्ता नगरे सम्म अरु सुविधा थप गर्ने अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।

पेट्रोलियम पदार्थ भण्डारण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन

११ माघ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था गर्न सम्वन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

भारतले कटौती गर्दा नेपाली आहत !

१० माघ, काठमाडौं । भारतले कालोधन र जालीनोट निषेध तथा आतंकवाद नियन्त्रणका लागि भारु पाँचसय र हजारको नोटमा प्रतिवन्ध लाएसँगै साना दरका एक सय र पचास दरका भारु नोट सटहीमा पनि कटौती गर्दै आएको छ । जसका कारण नेपालमा भारु नोटको माग बढ्दै जाँदा आपूर्तिमा थप समस्या देखिन थालेको छ । भारतीय बजारमा नेपाली नोट नचले पनि नेपालमा भारतीय नोटको माग बढ्दै गएको छ ।

बढ्यो सुन तस्करी, फेरि १५ किलो सुन बरामद

३ माघ, काठमाडौँ । अवैध रुपमा युएइबाट नेपाल भित्राइएको ३३ केजी सुन बरामद भएको दुई साता नबित्दै प्रहरीले फेरि ठूलो परिमाणमा सुन बरामद गरेको छ ।

रुकुममा पहिलो व्यापार महोत्सवको तयारी तिब्र

१० करोड कारोबारको लक्ष्य रुकुम, माघ ३ ।
रुकुममा पहिलो पटक आयोजना हुन लागेको मध्यपश्चिम क्षेत्र स्तरीय व्यापार महोत्सबको तयारीलाई तिब्र पारिएको छ । राजधानी काठमाण्डौमा मन्त्रीस्तरीय भेटघाट देखि स्थानीय स्तरमा हुने बिभिन्न गतिबिधी सहित ५० प्रतिशत तयारीको काम पुरा गरिएको रुकुम उद्योग बाणिज्य संघ रुकुमका बरिष्ठ उपाध्यक्ष दिनेश केसीले जानकारी