नेपाली काँग्रेस सिन्धुपाल्चोकको भवन निर्माण सुरु | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

नेपाली काँग्रेस सिन्धुपाल्चोकको भवन निर्माण सुरु

nepali congress

सिन्धुपाल्चोक, ३२ जेठ । नेपाली काँग्रेस सिन्धुपाल्चोकले कार्यालय भवन निर्माणको काम सुरु गरेकाे छ । डेढ आना जग्गामा साढे दुई तलाको भवन सभाहल सहितको बन्ने पार्टी सभापति विकास लामाले जानकारी दिनुभयो । तीन करोड ७० लाख लागतमा पार्टी कार्यालय निर्माणको काम सुरु गरेको सभापति लामाले जानकारी दिनुभयो ।

संसद विकास कोषबाट २५ लाख र केही आन्तरिक स्रोतबाट यो साल एकतला निर्माण गर्ने काँग्रेसको योजना छ । अर्को सालसम्ममा भवनले पुर्णता पाउने सभापति लामाको भनाइ छ।

कार्यालय निर्माणका लागिे जसले जे सक्छ सोही सहयोग गर्न लामाले सबैलाई आग्रह गर्नुभयो ।पूर्व सभापति रोहिणी राज सिग्देलले पार्टीको लागि चौतारा नगरपालिकामा जग्गा दान गर्नुभएको हो ।

ताजा समाचार