नवलपरासी, १७ जेठ । बर्दघाट सुस्ता पूर्व नवलपरासी जिल्लाको कावासोती नगरपालिकाले आफ्नो वडाहरुमा रहेको अधुरा निर्माण कार्यहरुलाई लकडाउनका समयमा निरन्तरता दिएको छ।
कावासोती नगरपालिकाको १५ लाख ९० हजारको लगानीमा पुरानो कावासोती हसौरा सडक करिब ३ किमी सडक सबग्रेडिङ ग्राभल, ग्रेडिङ र रोलिङ गरेर स्तरोउन्नती गरिएको छ । यसले कावासोती नगरपालिकाको पुरानो कावासोती, त्रिभुवनटार, अग्यौली, हेंगौली, मगरकोट, कावासोती थाना बजार र हसौरा छिपछिपे अवत जावतमा सुगमता ल्याँउछ ।
त्यसै गरी हुप्सेकोट गाउँपालिकाको शंखदेब, जुकेपानी, बेलुवा, जुकेपानी, गिरुबारी र झयालबास बजारलाई नमुना सदरमुकाम कावासोतीमा जोडिन्छ । यो सडक स्तरोउन्नतीले कावासाती नगरपालिकाको रिङरोडको काम गर्ने दखिन्छ ।