भक्तपुर,१३ जेठ । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक जना सईको मृत्यु भएको छ ।
सोमबार राति साढे ९ बजे बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई आपसमा ठोक्किँदा ड्युटीमा खटिएका दाङको रामपुर घर भएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे उनको मृत्यु भएको छ ।
प्रहरीले टिपरका चालक धादिङका राजेन्द्र प्याकुरेल र राजेश सैंजुलाई नियन्त्रणमा लिएको छ ।