नाकाबाट २ हजार ६ सय बढी नेपाली प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

नाकाबाट २ हजार ६ सय बढी नेपाली प्रवेश

kanchanpur

पुष्कर भट्ट

कन्चनपुर, १३ जेठ । कन्चनपुर गड्डाचौकी नाकाबाट २ हजार ६ सय ३७ जना नेपाली नागरिक प्रवेश गरेका छन् ।

कन्चनपुरको गड्डाचौकी नाकाबाट सोमबार बेलुकी ७ बजे सम्म २ हजार ६ सय ३७ जना भारतबाट नेपाली नागरिक प्रवेश गरेका हुन् । प्रवेश गरेका मध्ये ८ सय जनालाई गन्तव्यमा पठाइएको जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ । सोमबार दिउँसो १२ बजे देखि ७ बजे सम्म गड्डाचौकि नाका खोलिएको थियो ।

आज (मंगलबार) पनि पश्चिमी नाका गड्डाचौकी खोलिने छ । बिहान ८ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म अलपत्र नेपालीलाई भित्र्याईने जिल्ला प्रशासन कार्यालय कन्चनपुरले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);