काठमाडौं, ८ जेठ । सरकारले काठमाडौं उपत्यकाको सबै नाका सील गरिने छ । जेठ १ गते भएको उपत्यकाका जनप्रतिनिधिको छलफलपछि गृहले यस्तो निर्णय गरी कार्यान्वयनमा ल्याउन लागेको हो ।
गृह मन्त्रालयले उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय कार्यान्वयनका लागि उपत्यकाका सबै स्थानीय तहलाई निर्देशन दिएको थियो । त्यस्तै काठमाडौं प्रवेश गर्न आरडिटी रिपोर्ट चाहिने भएको छ ।
गृहमन्त्रीले राख्नुभएको बैठकमा गृहमन्त्री रामबहादुर थापासहित उपत्यका नगरपालिका फोरमका पदाधिकारी, उपत्यकाको नाकासँग जोडिएका स्थानीय तहका प्रमुख–उपप्रमुख, उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
पत्रमा काठमाडौं उपत्यका प्रवेशका सबै नाका पूर्ण रुपमा सील गर्न आग्रह गरिएको छ । गृहमन्त्रलयको विज्ञप्ति यस्तो छ :