उपत्यकाका सबै नाकालाई शील नगरेसम्म कोरोना संक्रमण नियन्त्रणमा नआउने: विद्यासुन्दर शाक्य | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उपत्यकाका सबै नाकालाई शील नगरेसम्म कोरोना संक्रमण नियन्त्रणमा नआउने: विद्यासुन्दर शाक्य

काठमाडौं, २६ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई शील नगरेसम्म उपत्यका भित्र कोरोना संक्रमण नियन्त्रणमा नआउने टिप्पणी गर्नु भएको छ ।

उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण अझैपनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाका शील गर्नुपर्ने मेयर शाक्यले टिप्पणी गर्नु भएको हो । उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा शील गर्नुपर्ने मेयर शाक्यको भनाइ छ।

उहाँले अहिले नै उपत्यका शील नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताउनुभयो । उहाँले सरकाले पीसीआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);