लियोनल मेस्सी एक्लैकको चार गोल, बार्सिलोनाको शान्दार जित | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

एजेन्सी, ४ असोज । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएका घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ हराएको छ ।
बार्सिलोनाका लागी लियोनल मेस्सी एक्लैले चार गोल गरेका हुन् ।

यस्तै पाउलिन्हो र डेनिस स्वारेजले एक एक गोल गरे । एइबरका लागि एनरिचले एक गोल फर्काए । मेस्सीले २० औं मिनेटमा पाएको पेनाल्टीको अवसरमा गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिएका हुन् । ३८ औं मिनेटमा पाउलिहोले गोल गरेपछि बार्सिलोना पहिलो हाफमा २ ० को अग्रता लिएको हो ।

५३ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनाको अग्रता ३–० मा पुर्याए । ५७ औं मिनेटमा एनरिचले एइबरका लागि एक गोल फर्काए । तर मेस्सीले ५९ र ६२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेपछि बार्सिलोनाको अग्रता ५–१ मा पुग्यो । नाउ क्याम्पमा गोलको वर्षा नै गरेका मेस्सीले ८७ औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दै बार्सिलोनालाई ६ १ को शानदार जित दिलाए ।

यो सिजन सबै प्रतियोगितामा गरेर मेस्सीले अहिलेसम्म १२ गोल गरिसकेका छन् ।

ताजा समाचार