काठमाडौं, २८ वैशाख । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल शुरु हुँदै छ ।
११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नेछन् । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ ।
संसदको बजेट अधिवेशन गत शुक्रवारबाट शुरु भएको थियो ।