जनमत पार्टीसँग हुन लागेको एकताबारे छलफल गर्न नाउपाको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

असार ९ २०८३, बुधवार

जनमत पार्टीसँग हुन लागेको एकताबारे छलफल गर्न नाउपाको बैठक बस्दै

२०८१,१२,८

नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार शुरु हुँदैछ । बानेश्वरस्थित एक होटेलमा बस्ने बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ।

भोलिसम्म चल्ने बैठकमा जनमत पार्टीसँग एकता हुन लागेको विषयमा छलफल केन्द्रित हुने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन्। पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू र संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।

पहिलो महाधिवेशनपछि आजबाट शुरु हुन लागेको नागरिक उन्मुक्तिको यो पहिलो केन्द्रीय समिति बैठक हो। नागरिक उन्मुक्ति पार्टीले सिके राउत नेतृत्वको जनमत पार्टीसँग एकताका लागि विभिन्न चरणमा छलफल गरिसकेको छ।

 

Leave a Reply

ताजा समाचार