काठमाण्डौँ, ३ असोज । प्रा. डा. गोविन्द केसीले १२औँ पटक अनसन बस्ने भएका छन् । चारबुँदे मागसहित असोज २० गतेबाट पुनः आमरण अनसन बस्ने डा. केसीले घोषणा गरेका छन् ।
उनले आफूहरुको सुझावअनुसार चिकित्सा शिक्षा विधेयक तत्काल पास गर्नु पर्ने माग गरेका छन् ।
एमबीबीएस अध्ययनका लागि काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क खारेज गरी उपत्यकाभित्र ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार कायम गर्नु पर्ने र केयूका डीन राजेन्द्र कोजुलाई बर्खास्त गर्न माग गरेका छन् ।
त्यस्तै बर्खास्त गरिएका आयल निगमका तत्कालीन प्रमुख गोपालबहादुर खड्कामाथि छानविन गर्नु पर्नेसहितका माग डा. केसीले राखेका छन् ।