सिरहा, १३ वैशाख । नोबेल करोना भाईरस (कोभिड–१९) को संक्रमण परीक्षण गर्न सिरहामा स्वाब संकलन सुरु भएको छ । जिल्लाको ६ वटा स्थानीय तहमा स्वाब संकलन सुरु भएको हो । सिरहा, लहान, मिर्चैया, गोलबजार, कल्याणपुर नगरपालिका र अर्नामा गाउँपालिकामा ४ सयको स्वाब संकलन गर्न टोली खटिएको छ ।
नेपाली सेना, इडिसिटी र मेलानवाट आएको प्राविधिकहरुको टोलीले शनिवार मिर्चैया, गोलबजार, लहान नगरपालिका र अर्नामा गाउँपालिकामा स्वाब संकलन गरिरहेको छ । पिसिआर मेसिनवाट परीक्षण गर्न सिरहामा स्वाब संकलन सुरु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईले बताए । मिर्चैया नगररपालिका ६० जना, गोलबजारमा ५० जना, लहान नगरपालिका १९ छारापट्टीमा ६ जनाको स्वाब संकलन भैसकेको छ ।
मेडिकल ल्याब एसोसिएसन अफ नेपाल (मेलान)का केन्द्रीय सदस्य समेत रहेका मेडिकल ल्याब टेक्निसियन (अधिकृत) विजय कुमार यादवले बताए ।
यस्तै टोलीले आईतवार सिरहा नगरपालिका, औरही र बरियारपट्टी गाउँपालिकामा स्वाब संकलन गरिने कार्यक्रम रहेको छ । संकलन गरिने नमुना परीक्षण गर्न काठमाडौं लगिने प्रजिअ गुरागाईले बताए ।