गोली लागेर डब्लूएचओका चालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८३, बुधवार

गोली लागेर डब्लूएचओका चालकको मृत्यु

WHO-driver

एजेन्सी, १० वैशाख । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का एक चालक म्यानमारमा मारिएका छन्। सोमबार कोरोना भाइरस (कोभिड–१९) को नमुना संकलन गर्दै हिँडिरहेका प्यइ सोन विन मउङ नाम गरेका चालकको गोली लागेर मृत्यु भएको हो।

म्यान्मारको द्वन्द्वग्रस्त क्षेत्र राखीनी राज्यमा संयुक्त राष्ट्रसंघ अंकित गाडी चलाइरहेका बेला उनलाई गोली लागेको हो। त्यस क्षेत्रमा पछिल्लो साता सशस्त्र जातीय समूह आरकनको सेना र सरकारी सेनाबीच तनाव सिर्जना भएको बीबीसीले उल्लेख गरेको छ।

दुबै पक्षले डब्लूएचओका चालक मारिनुको दोष एक अर्कालाई लगाइरहेका छन्। तर ती दुबै पक्षले त्यसमा आफ्नो संलग्नता नरहेको बताएका छन्।