स्वदेश फर्किएका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखियो | ईमाउण्टेन समाचार

Our Network

पुष ८ २०८१, सोमबार

स्वदेश फर्किएका ६२ नेपालीलाई क्वारेन्टाइनमा राखियो

corona army

काठमाडौँ, ९ चैत । विभिन्न देशबाट शनिबार नेपाल फर्किएका ६२ नेपालीलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएको छ । विश्वभर कोरोना भाइरसको महामारी फैलिएपछि दुबई, कतारलगायतका विभिन्न देशबाट स्वदेश फर्किएका उनीहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

थाई एयरवेजबाट ४९ र एयर इण्डियाबाट १३ जनालाई नेपाल फर्काइएको थियो । स्वदेश फर्काइएका उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाएको थियो । ७६ वर्षीया एक वृद्धासहित पाँच महिला र ५७ जना पुरुषलाई क्वारेन्टाइनमा राखिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिनुभयो ।

दुई जना चिकित्सकसहित नर्स र अन्य स्वास्थ्यकर्मी गरी पाँच जना उनीहरुको सेवामा खटिएको र एउटा एम्बुलेन्स तथा एम्बुलेन्स चालक तयारी अवस्थामा राखिएको बताइएको छ । उनीहरुलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ भने त्यसबीचमा कोरोना भाइरस संक्रमण पोजेटिभ भए उपचारका लागि शदीद शुक्रराज ट्रपिकल सरुवा रोग नियन्त्रण अस्पताल टेकु काठमाडौँ लैजाने भएको छ । केही समयअघि कोरोनाको आशंकामा सरकारले चीनबाट ल्याएका १७५ जनालाई पनि सोही क्वारेन्टाइनमा राखेर उपचार गराइएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);