माल्दिभ्समा १३ जनामा कोरोना भाइरसको संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना | ईमाउण्टेन समाचार

Our Network

पुष २५ २०८१, बिहीबार

माल्दिभ्समा १३ जनामा कोरोना भाइरसको संक्रमण, १३ अर्ब डलरको आपतकालीन कोष स्थापना

corona virous

एजेन्सी, ४ चैत । दक्षिण एसियाली मुलुक माल्दिभ्समा सोमबारसम्ममा प्राणघातक कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या १३ जना पुगेको छ ।

माल्दिभ्स स्वास्थ्य सुरक्षा केन्द्र एचपीएका अनुसार पछिल्लो पटक तीन जना व्यक्तिमा कोरोना संक्रमण देखिएसँगै संक्रमितको संख्या १३ पुगेको हो । संक्रमित तीन जनामध्ये दुई जना सफारीमा र एक जना अनातारा धिगु माल्दिभ्स रिसोर्टमा भेटिएका थिए । यसैबीच, माल्दिभ्स सरकारले पूर्व सावधानीका लागि भन्दै १३ अर्ब अमेरिकी डलरको आपतकालीन कोष स्थापना गरेको जनाएको छ ।

राष्ट्रिय आपतकालीन विपद केन्द्र नियोकका प्रवक्ता मोहमद माब्रुक अजीजले उक्त कोषको रकम चन्दा र आर्थिक सहायता प्रदान गर्न वितरण नगरिने बताएका छन् । उनले कोरोनाभाइरसको परीक्षणका लागि थप ५ हजार सामान माल्दिभ्स ल्याइएको समेत जानकारी दिएको संचारमाध्यमहरुले जनाएका छन् । गत साता, स्वास्थ्य मन्त्रालयले माल्दिभ्समा सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);