तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिकको खोजी कार्य जारी | ईमाउण्टेन समाचार

Our Network

फागुन ४ २०८२, मंगलबार

तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिकको खोजी कार्य जारी

काठमाडौं, २६ फागुन । गत शनिवार फोटो खिच्ने क्रममा चिप्लएर तमोर नदीमा बेपत्ता भएका भारतीय नागरिकको खोजीका लागि शशस्त्र प्रहरीको गोताखोर टोली परिचालन गरिएको छ ।

गत शनिवार फोटो खिच्ने क्रममा चिप्लियर २६ वर्षीय भिनित शर्मा तमोर नदीमा खसेर बेपत्ता भएका थिए । उनी बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा अध्ययनरत थिए ।

उनको खोजीमा शसस्त्र प्रहरी बलको १ नम्बर बाहीनी सुनसरीको गोताखोर टोली परिचालित भएको छ । खोजी कार्यमा ३ जना गोताखोर सहित १५ जना विपद व्यवस्थापन तालिम प्राप्त उद्धार टोली आवश्यक सामाग्री सहित परिचालन गरिएको हो ।