कोरोनाले नेपालको जीडीपीमा १.११ प्रतिशतसम्म क्षति हुने अनुमान | ईमाउण्टेन समाचार

Our Network

चैत ४ २०८२, बिहीबार

कोरोनाले नेपालको जीडीपीमा १.११ प्रतिशतसम्म क्षति हुने अनुमान

gdp down

काठमाडौं, २४ फागुन । विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिएको कोरोना भाइरसले नेपाली अर्थतन्त्र समेत प्रभावित भएकोछ । कोरोनाभाइरसले विश्वव्यापी अर्थतन्त्रमा करिव ३ सय ४७ अर्ब डलर बराबरको क्षति हुने आँकलन एसियाली विकास बैंक एडीबीले गरेको छ ।

त्यसमधये नेपालको हकमा कूल गार्हस्थ उत्पादन जीडीपीको ०.१३ प्रतिशतसम्म आर्थिक क्षति हुने प्रक्षेपण एडीबीले गरेको छ । यस विषयमा सरकारले थप अध्ययन गर्ने भएको छ ।

चीनबाट फैलिएको कोरानो भाइरसको असर नेपाली अर्थतन्त्रमा पर्न थालेको देखिसकेको छ ।चीनबाट आउने पर्यटक पूर्ण रुपमा ठप्प भएको छ भने चीनबाट आउने सामाग्रीको आयात समेत रोकिएको छ । नेपालमा भएका ठूला ठूला आयोजनाको ठेक्का चिनियाँले लिएकाले चिनियाहरु नेपाल आउन नपाउने भएकाले विकास निर्माणका कार्यहरु रोकिएका छन् । उद्योगहरुमा चाहिने कच्चा पदार्थको अभाव देखिने सम्भावनाका कारण पनि नेपालको अर्थव्यवस्थामा नकारात्मक असर पर्न संम्भावना ठूलो देखिएको छ ।

कोराना भाइरसको कारण राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधी समिक्षामा सरकारले लिएको साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य पुरा नहुँने जनाएको छ । व्यापार प्रणालीमा समेत गम्भिर खाले असर कोरोना भाइरसले गरेको छ । अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको तत्काल र दीर्घकालिन असर पर्ने भन्दै त्यसको अध्ययन गरेर राहतको प्याकेज ल्याउने जनाउनुभएकोछ ।

कोरोना भाइरसको कारण नेपालमा निजी क्षेत्रले गर्ने सभा सम्मेलनहरु रोकिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले आयोजना गर्न लागेको मेला स्थगित भएको छ । चीनमा देखिएको कोरोना भाइरसको अर्को सबैभन्दा ठूलो प्रभाव जलविद्युत् र निर्माण क्षेत्रमा परेको छ ।

ठूला जलविद्युत् आयोजना तथा सडक निर्माणको काम प्रभावित भएकोछ । कोरोनाको प्रभाव बढ्दै जाँदा जीडीपीमा १.११ प्रतिशतसम्मको क्षति नेपालमा हुने अनुमान छ ।