रामनिवास यादव
काठमाडौं, १५ फागुन । सुशासन र समृद्धिको अमृतबाण लिएर ओली नेतृत्वको शाक्तिशाली सरकार सिंहदरबार छिरेको २ वर्ष भएको छ । दुइ वर्षको अवधिमा सरकार प्ररेणाको पात्र बन्नुपर्दथ्यो, तर,सुशासनको लयबाट चिप्लिदैएपछि सरकारी एक्लिदै गएको छ ।
बालुवाटार प्रकरणमा आफ्नालाई ओत र अर्कालाई खोट लगाएको भन्दै आलोचना खेपिरहेको सरकार बास्कोटा प्रकरण झनै रक्षात्मक बनेको छ । सरकार अलोकपृय बन्दै गएपनि प्रतिपक्ष कांग्रेसको भूमिका सशक्त हुनुपर्दथ्यो तर, प्रतिपक्षको भूमिका पनि उत्तिकै उदेक लाग्दो छ ।
लामो इतिहासको बिरासत बोकेको कांग्रेस संघीय निर्वाचनपछि संसदमा खुम्चिएको छ । जनमतको आधारमा दोश्रो दल अर्थात प्रमुख प्रतिपक्ष दल हुदाहुदै पनि संसदमा उसको भूमिका निरिह जस्तै छ । लोकतन्त्रमा प्रतिपक्ष जति दर्विलो भयो उति नै मुलुकको शासन र प्रशासन प्रभावकारी हुन्छ । तर, दुइवर्षको समयलाई फर्केर हेर्दा कांग्रेस इतिहासकै कमजोर प्रतिपक्षमा गुज्रिरहेको छ ।
क्षीण बन्दै गएको प्रतिपक्ष भूमिकाले सरकार निरशंक बन्ने संकेतहरु पनि देखिएका छन् । तर, कंग्रेस राजनीतिक योजनाविहीन बनेको दृष्य काफि छ । यद्यपी कांग्रेस नेताहरु संसदमा कांग्रेसको भूमिका कमजोर नभएको दाबी गर्न छोड्दैनन् ।
संसदमा नेतृत्वको निरिहताप्रति कांग्रेस कार्यकर्ता असन्तुष्ट छन् । नेतृत्वले जे दाबी गरेपनि प्रजातान्त्रीक शक्ति कांग्रेसले संसदमा रचनात्मक दबाब दिन सकेको छैन । प्रजातान्त्रिक शक्तिको पछिल्लो भूमिकाले कांग्रेस क्षीण हदै गएको कांग्रेस कार्यकर्ताहरु स्वीकारछन् ।
नेकपाले सुविधा जनक बहुमतकासाथ सरकारको नेतृत्व गरिरहेको छ । संसदमा कांग्रेस संख्यात्मक रुपमा पनि कमजोर छ, बिरासतको हिसाबले कांग्रेस बलियो छ । उसको भूमिका संसदमा सशक्त देखाउन ल्याकत राख्दछ । भूमिकाको रुपमा पनि कमजोर नै छ । यसले सामान्य मतमा रहेको काँग्रेसलाई सरकारको बिरोध एक्लैले गर्ने अवस्था देखिदैन ।
प्रतिपक्षी दलको खेमालाई बलियो बनाउन राजपा र समाजबादी पार्टीसँग सहकार्य गर्न कांग्रेसलाई आवश्यक रहेको राजपा नेता सत्यनारायण मण्डलको सुझाव छ ।
सरकारको कदमबाट असन्तुष्ट भएका आमनागरिकहरुले प्रमुख प्रतिपक्षीको भुमिका कडा हुनू पर्ने आशा गरेका छन् । तर कांग्रेसको भुमिका प्रतिपक्षी जस्तो नभइ नाम मात्रको जस्तो देखिन्छ ।