सरकारप्रति विश्वासको संकट पैदा भयो : सांसद शर्मा | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

सरकारप्रति विश्वासको संकट पैदा भयो : सांसद शर्मा

janardhan sharma

काठमाडौं, १५ फागुन । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्माले सरकारप्रति बिश्वासको संकट पैदा भएको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहिवारको बैठकको बिशेष समयमा बोल्दै सांसद शर्माले नेपाल ट्रष्टको श्वेतपत्र मार्फत आफनै पार्टीका नेतालाई सरकारले तर्साउन खोजेको उल्लेख गर्नुभयो ।

सांसद शर्माले गलत तथ्य राखेर स्वेतपत्र जारी गरेको भन्दै कसैलाई नतर्साउन चेतावनी दिनुभयो । उहाँले आफुले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजिनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भिर आपत्ति जनाउनुभयो ।

सांसद शर्माले नेपाल ट्रष्टको जग्गाबारे आफनो नाम जोडिएर आएको प्रति प्रधानमन्त्री केपी शर्मा ओली र ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलसंग जवाफ माग गर्नुभयो ।

सांसद शर्माले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताउनुभयो ।