संसदको विशेष समयमा बोल्दै कसले के भने ? | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

संसदको विशेष समयमा बोल्दै कसले के भने ?

mahendra ray-bisesh samaya

काठमाडौं, १५ फागुन । सांसदहरु प्रतिनिधी सभाको बिषेश समयमा सरकार मााथी खनिएका छन् । सांसदहरुले सरकारले तराइको लाइफलाईन हुलाकी राजमार्गका लागी बजेट बिनिनयोजन गर्न ढिलाई गरेको देखी सेक्युरिटि प्रिन्टिङ प्रेश स्थापनामा सार्वजनिक अडियोमा सरकार गम्भिर नभएको सम्म आरोप लगाए ।

प्रतिनिधिसभाको बिहिवारको बैठकको बिशेष समयमा बोल्दै सांसद महेन्द्र राय यादवले हुलाकी राजमार्गका लागि केन्द्र सरकारबाट बजेट विनियोजन गरी काम सुरु नगरे आन्दोलनको चेतावनी दिनुभयो ।

सर्लाही क्षेत्रमा पर्ने ४० किलोमिटर सडक प्रदेश मातहत राखेका कारण केन्द्र सरकारले बजेट विनियोजन नगरेको र काम सुरु हुन नसकेको भन्र्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । तराई मधेशको लाइफ लाइनका रुपमा हुलाकी राजमार्गलाई लिइएको भएपनि त्यसको अनुभूति जनताले गर्न नपाएको उहाँले बताउनुभयो ।

सांसद दुर्गा पौडेलले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो गम्भिर विषय भएकाले छानबिनको प्रकृया तत्काल अगाडी बढाउन आग्रह गर्नुभयो । मन्त्री एक्लैले यति ठुलो काण्ड घटाउन नसक्ने उल्लेख गर्दै उहाँले पर्दा पछाडी को को छन पत्ता लगाएर कारवाहीको दायरमा ल्याउन पनि माग गर्नुभयो ।

यसैगरी सांसद प्रेम सुवालले नेपाल ट्रष्ट अन्र्तगतका जग्गा र भवन कुन—कुन व्यक्तिको पालामा कसरी दिइएको हो त्यसको बारेमा प्रधानमन्त्री केपी शर्मा ओली र रक्षामन्त्री समेत रहनुभएका ट्रष्टका अध्यक्ष इश्वर पोखरेलले संसदमा जवाफ दिनुपर्ने बताउनुभयो ।

यस्तै सांसद भिमसेन दास प्रधानले काठमाडौं भ्यू टावर सम्झौता भएको ५ वर्ष वितिसक्दा पनि निर्माण सम्पन्न हुन नसकेकोले टुंडिखेलमा बसपार्क, ब्यापार, यौन व्यवसायको रुपमा विकसित हुँदै गएको तर्फ पनि उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);