काठमाडौं, १४ फागुन । सत्तारुढ दल नेकपाको सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास वालुवाटारमा जारी बैठकमा विवादित एमसीसी सम्झौताबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आफना धारणा राख्ने जनाइएको छ ।
अध्यक्षद्वयको धारणा पछि त्यसवारे के गर्ने भन्ने निर्णय हुने नेताहरुले बताएका छन् । यसअघि गत शनिबार बसेको सचिवालय बैठकमा एमसीसीबारे छलफल भए पनि निर्णय भएको थिएन ।
फागुन ९ गते नेकपाको एमसीसी अध्ययन कार्यदलले १९ दिन लगाएर अध्ययन प्रतिवेदन सुझावसहित अध्यक्षलाई बुझाएको थियो । त्यसैगरी आजको सचिवालय बैठकले निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइका बिषयमा पनि निर्णय गर्ने जनाइएको छ ।
सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय ओली र दाहालबीच एमसीसी, संबिधान संसोधन लगाउतका बिषयमा छलफल भएको जनाइएको छ ।