स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृतहरु दीक्षित | ईमाउण्टेन समाचार

Our Network

जेठ १३ २०८१, आइतबार

स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृतहरु दीक्षित

काठमाडौं, १३ फागुन । नेपाली सेनाको ‘आर्मी कमाण्ड तथा स्टाफ कलेज’ शिवपुरीबाट स्नातकोत्तर उत्तिर्ण गरेका ६३ जना सैनिक अधिकृत विद्यार्थीहरु दीक्षित भएका छन् ।

कलेजको २६ औं ब्याचका सैनिक अधिकृत विद्यार्थीहरुलाई मंगलबार दिक्षित गरिएको हो । दिक्षान्त समारोह कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले २१ औं शताब्दीमा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न दिक्षित विद्यार्थीहरु सफल हुने बताउनुभयो ।

उहाँले सैनिक क्षेत्रमा धेरै चुनौतिहरु रहेको र त्यसलाई सामना गर्न यस कलेजबाट उत्पादन भएका विद्यार्थीहरु सक्षम रहेको विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विश्वमा आउने जस्तोसुकै सुरक्षा चुनौति समाना गर्न सक्ने जनशक्ति तयार गर्न र व्यवसायीकता तथा सैनिक सिप सिकाउन स्टाफ कलेज सधै अगाडि रहेको समेत बताउनुभयो ।

कार्यक्रममा प्रधान सेनापति पूर्णचन्द्र थापाले दिक्षित विद्यार्थीहरु विश्वले चाहेको आधुनिक सैनिक जनशक्ति बन्न सफल भएको विश्वास व्यक्त गर्नुभयो । उहाँले कुनैपनि सैनिक अफिसरका लागि विश्लेषणात्मक क्षमता, योजना र सञ्चार कौशल महत्वपूर्ण हुने भएकाले विद्यार्थीहरु त्यसमा सक्षम हुने बताउनुभयो ।

उहाँले नेपाली सैनिकहरु पनि विभिन्न मुलुकमा काम गर्न जाँदा सहयात्रीका रुपमा समन्वय गरेर काम गर्न यसप्रकारको शिक्षा कोशेढुंगा हुने समेत बताउनुभयो ।

दिक्षान्त समारोहमा ६३ जना विद्यार्थीहरु दिक्षित भएका छन् । जस मध्ये ५० जना नेपाली आर्मीबाट, १ जना राष्ट्रिय अनुसन्धान विभाग, १ जना सशस्त्र प्रहरीबाट, १ जना नेपाल प्रहरीबाट र १० जना विभिन्न १० मुलुकका सुरक्षा निकायबाट रहेका छन् ।

१० जना विदेशीहरुमध्ये बंगलादेश, चीन, भारत, लेवनान, माल्दिभ्स, नाइजेरिया, पाकिस्तान, दक्षिण कोरिया, श्रीलंका र अमेरिकाबाट रहेका छन् । वि.सं.२०४९ सालमा स्थापना भएको यो कलेजबाट अहिलेसम्म १ हजार ५३ जना दिक्षित भइसकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);