अनुशासित र राष्ट्रप्रति समर्पित युवा देशको पहिलो आवश्यकता : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अनुशासित र राष्ट्रप्रति समर्पित युवा देशको पहिलो आवश्यकता : प्रम ओली

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासित र राष्ट्रप्रति समर्पित युवा राष्ट्रको लागि पहिलो आवश्यकता र प्राथमिकतामा रहेको बताउनुभएको छ ।

राष्ट्रिय सेवा दलको दिक्षान्त समारोहमा दीक्षित विद्यार्थीहरुलाई शुक्रबार ललिपुरमा दर्ज्यानी चिन्ह प्रदान गदैं प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणमा राष्ट्रप्रति समर्पित र अनुसाशित युवाको आवश्यकता रहेको बताउनुभएको हो ।

उहाँले समाज र राष्ट्र निर्माणमा युवाहरुलाई ध्यान केन्द्रीत गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाईहरु माथि केवल आफ्ना अभिभावकहरुको मात्रै आशा र सपना निहित छैन, तपाईका प्रध्यापक, नातेदार, समाज र राष्ट्रको पनि सपना र आशा रहेको छ ।

त्यसैले सर्वोत्कृष्ट समाज निर्माणको लागि यसै युवा अवस्थामा तपाईहरुले आफ्नोे मनोबल उच्च गराउन आवश्यक छ । हरेक युवाले आफुमा कुशल नेतृत्व क्षमताको विकास नैतिक आचरण र अनुसाशनको परिपालना निश्चित गर्दै समाज र राष्ट्रप्रतिको आफ्नो कर्तव्य बुझ्ने र पुरा गर्ने कर्तव्यनिष्ठ नागरिक बन्न ध्यान केन्द्रित गर्दछु ।’

प्रधानमन्त्री ओलीले देशमा स्थिर सरकार निर्माण भएको र यस सरकारले युवाहरुको चौतर्फि व्यक्तित्व विकासमा हरसम्बत सहयोग गर्न कटिबद्ध रहेको समेत बताउनुभयो ।

उहाँले युवाहरु एकजुट भइ काम गरे जस्तोसुकै चुनौतिको सामना गर्न सक्ने उल्लेख गर्दै सबै युवालाई असल, सक्षम, दक्ष र सक्रिय व्यक्तित्व निर्माण गर्दै राष्ट्र सेवामा जुटन सुझाव समेत दिनुभयो ।

उहाँले राष्ट्रिय सेवा दलबाट तालिम पाई सैनिक कला, नेपाली संस्कृतिको संरक्षण, परम्परालाई बचाउन र देशप्रति गौरव बढाउन दीक्षित भएका विद्यार्थीको भूमिका अझबढी महत्वपूर्ण हुने बताउनुभयो ।

राष्ट्रिय सेवा दलका संरक्षक समेत रहनुभएका प्रधानमन्त्री ओलीले दलको सुदृढीकरण र जनस्तरसम्म पु¥याउन सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । राष्ट्रिय सेवा दलले आयोजना गरेको एक सय दिनको तलिममा विभिन्न विद्यालयका सात हजार सात सय विद्यार्थीहरु सहभागी रहेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);