झापामा 'मकै जोन' कार्यक्रम प्रभावकारी | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

झापामा ‘मकै जोन’ कार्यक्रम प्रभावकारी

makai zone jhapa

झापा, १३ फागुन । झापाको झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम लागू भएपछि कृषकहरुमा मकैखेती प्रतिको आर्कषण बढेको छ । झापा गाउँपालिकाको वडा नम्वर ६ र कनकाई नगरपालिकाको वडा नम्वर ५ मा ५ सय हेक्टर क्षेत्रफलमा अहिले मकै जोन कार्यक्रम सञ्चालनमा गरिएसंगै कृषक मकै खेती तर्फ आर्कषित भएका हुन् ।

अन्नको भण्डारका रुपमा रहेको झापामा धान खेती धेरै हुनेगरेको छ । दोस्रो अन्नका रुपमा खेती हुने मकै प्रतिपनी अहिले कृषकको आकर्षण बडेको छ । कारण हो सरकारले झापाका २ गाउँपालिकामा सुरु गरेको मकै जोन कार्यक्रम ।

उत्पादनका लागि उर्भर भूमि मानिने झापा गाउँपालिका र कनकाई नगरपालिकामा मात्रै मकै जोन सञ्चालनका लागि चालू वर्ष संघीय सरकारबाट १ करोड २४ लाख ६५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । सरकारले झापामा मकै जोन कार्यक्रम सञ्चालन गरेपछि मकै खेतीका लागि कृषक थप उत्साहित बनेका छन् ।
makai zone jhapa1
झापामा प्रत्येक वर्ष २ लाख ८ हजार मेट्रिक टन मकै उत्पादन हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ । झापामा बसन्ते मकै ३१ हजार हेक्टर र हिउँदे मकै ८ हजार हेक्टर र बर्खे मकै ९ सय हेक्टरमा उत्पादन हुँदै आएको छ । उत्पादनका हिसाबले समेत राम्रो हुने भएपछि झापाका अधिकांश कृषक यो समयमा उन्नत जातको मकै खेती गर्दै आएका छन् ।

झापा गाउँपालिकाले कृषकका लागि विभिन्न शीर्षकमा वजेट विनियोजन गर्दै मकै खेतीका लागि समेत प्रोत्साहन गरिरहेको छ । तर उन्नत जातको मकैको बीऊ नेपालमा प्रशस्त नपाइने र मकैको बीऊ खरिदका लागि यहाँका कृषकले भारतीय वजारमा निर्भर बन्नु परेको अबस्था छ ।

मकै जोन सुरु गरेको सरकारले नेपालमा नै पर्याप्त मात्रामा मकैको बीऊ उपलव्ध गराउने हो भने झापाको जमिनले मकैको परनिर्भरता घटाउन साच्चै मद्दत गर्ने देखिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);