खोकना र बुंगमतीबासीको विरोध प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

खोकना र बुंगमतीबासीको विरोध प्रदर्शन

काठमाडौं, २८ माघ । सरकारले अघि सारेका विभिन्न परियोजनाहरुले ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै खोकना र बुंगमतीबासीहरुले विरोध प्रदर्शन गरेका छन् ।

काठमाडौं तराई द्रुतमार्ग, बाहिरी चक्रपथ निर्माण र स्मार्ट सहर निर्माण जस्ता परियोजनाले नेवार समुदायको सभ्याता र संस्कृति नष्ट गरी ऐतिहासिक नगर नै समाप्त पार्न खोजेको भन्दै उनीहरुले विरोध मंगलबार प्रदर्शन गरेका हुन् ।

खोकना बुङ्मती बचाउ, गुठी सम्पदा जोगाउ भन्ने नारासहित खोकना र बुङमतीका स्थानीयहरुले राजधानीको माइतीघर मण्डला विरोध प्रदर्शन गरेका हुन् । ‘बोङ खोकनामा बाह्य चक्रपथ चाँहिदैन, बोङ खोकनामा सुरुङमार्ग चाँहिदैन, आइएलओ १६९ को उलंघन गर्न पाईंदैन’, लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरिएको हो ।

खोकना बुङ्मतीबासीलाई न्याय दिन र राज्यलाई जवाफदेही बनाउन फास्ट ट्रयाक तथा अन्य परियोजनाविरुद्ध अदालत जाने चेतावनी पनि उनीहरुले दिएका छन् ।