सचिव र मुख्यसचिवकाे पद छाडेर धन कमाउन अन्तर्राष्ट्रिय संस्थाको जागिरे हुने क्रम बढ्दो | ईमाउण्टेन समाचार

Our Network

मंसिर २६ २०८१, बुधवार

सचिव र मुख्यसचिवकाे पद छाडेर धन कमाउन अन्तर्राष्ट्रिय संस्थाको जागिरे हुने क्रम बढ्दो

काठमाडौं, २२ माघ । पछिल्लो समय उच्च तहका राष्ट्रसेवकले सेवा अवधि पुरा नहुँदै राजीनामा दिने गरेका छन् । सरकारी सेवाबाट भन्दा अन्य क्षेत्रमा लाभ हुने भएपछि अवधि अगावै जागिर छोड्ने संस्कारको विकास भएको छ ।

विशिष्ट श्रेणीका कर्मचारीहरुले नै सरकारी सेवाबाट अवकास लिन थालेका छन् । सरकारी सेवामा भन्दा अन्य क्षेत्रमा सुविधा धेरै हुने भन्दै सेवा अवधि अगावै सरकारी जागिर छाड्ने होड चलेको हो ।

निजामती क्षेत्रको सबैभन्दा उच्च पद हो सचिव, मुख्यसचिव । पदसँगै जिम्मेवारी पनि उत्तिकै हुन्छ । नीति निर्माण तहको जिम्मेवारी मात्रै होइन, निजामति क्षेत्रलाई स्थायी सरकारको रुपमा समेत हेरिएको हुन्छ ।

मुलुकको उच्च तहमा सेवारत हुँदै गर्दा सरकारी सुविधा भन्दा बाहिरको क्षेत्रमा जानेको होड नै छ । यसका प्रतिनिधी पात्र बनेका छन् नेपालका नाम चलेका यी निजामति कर्मचारीहरु ।

पूर्वकृषि सचिव डा. युवकध्वज जिसी हाल संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनमा आवद्ध हुनुभएको छ । यसैगरी पूर्वस्वास्थ्य सचिव डा. पुष्पा चौधरी हाल विश्व स्वास्थ्य संगठनमा आबद्ध हुनुभएको छ । पूर्वमुख्यसचिव डा. सोमलाल सुवेदी हाल एसियाली विकास बैंकको बैकल्पिक निर्देशकको रुपमा कार्यरत हुनुहुन्छ ।

यतिमात्रै होइन, उच्चपदस्थ सरकारी कर्मचारीसँग सरकारका गोप्य सूचना समेत हुन्छन् । नीतिगत क्षमतासंगै सरकारी सूचनाको विषयमा जानकारी हुने भएकोले उनीहरुलाई आकर्षक तलब सुविधाले तान्ने गर्दछन् ।

सेवामा कार्यरत हुँदा हुँदै अन्र्तराष्ट्रिय संघ सस्थाहरुमा जागिरमा प्रवेश गर्ने होड नीतिगत भ्रष्ट्राचारकै उपज भएको टिप्पणी समेत भएको छ ।

अधिकांश मुलुकमा सरकारी उच्चपदस्थबाट अवकाशपछि व्यापारिक तथा गैरसरकारी संस्थाहरु सेवामा जान नपाउने प्रावधान हुन्छ । यसबाट सरकारको संवेदनशिल सूचना चुहिने तथा शक्तिको समेत दुरुपयोग हुने भएकोले अन्य क्षेत्रमा प्रवेश गर्न बन्देज छ ।

तर, नेपालको नीति कानुन र पद्दतीमा यस्तो व्यवस्था नहुँदा उच्च पदस्थहरुको लालसालाई सहज भएको छ । नीतिगत प्रावधान गरि यस्तो प्रवृत्ति रोक्नुपर्ने विज्ञहरुको सुझाव छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);