गृह मन्त्रालयद्वारा १६ जिल्लाका सीडीओको सरुवा | ईमाउण्टेन समाचार

Our Network

फागुन १८ २०८२, मंगलबार

गृह मन्त्रालयद्वारा १६ जिल्लाका सीडीओको सरुवा

ministry of home

काठमाडौं, २० माघ । गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सिडियोको हेरफेर गरेको छ  । हालै बढुवा भएका सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारीमा खटाइएको छ ।

गृह मन्त्रालयले ईलाममा तुलसीराम सेढाईं, बाग्लुङमा गौंगोचन सैँजू, गोरखामा सुरेन्द्र पौडेल, कञ्चनपुरमा नुरहरि खतिवडा, पाल्पामा यादव सुवेदी, पर्सामा विष्णुकुमार कार्की, सिन्धुपाल्चोकमा उमेश ढकाल, सुर्खेतमा रमेश न्यौपानेलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

नवलपरासी पूर्वमा पीताम्बर घिमिरे, रामेछापमा रुद्रादेवी शर्मा, खोटाङमा शालिकराम शर्मा पौडेल, सल्यानमा शिवराम पौडेल, डडेल्धुरामा जगनाथ पन्त र काभ्रेमा श्रवणकुमार तिमल्सिनालाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

त्यसैगरी, मुगुमा कृष्णकुमार निरौला र भोजपुरमा वसन्त गिरीलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।