संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदै | ईमाउण्टेन समाचार

Our Network

मंसिर १४ २०८१, शुक्रबार

संघीय संसद प्रतिनिधि सभाको सभामुख चयनका लागि आज निर्वाचन हुंदै

pratinidhi sava

काठमाडौं, १२ माघ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन आज दिउँसो तीन बजे प्रतिनिधि सभाको बैठक डाकिएको छ । सभामुखमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट स्थायी समिति सदस्य अग्नि सापकोटाको मात्र उम्मेद्वारी परेको छ । सापकोटाको मात्र एकल उम्मेद्वारी परेकाले प्रतिनिधसभाको नियमावली अनुसार उहाँ निर्विरोध हुनुहुनेछ । सापकोटाका प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ र समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती, नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ र राजपा सांसद लक्ष्मणलाल कर्ण रहनुभएको छ ।

प्रस्तावक र समर्थकहरुले संसद बैठकमा बोलेपछि सापकोटा सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा हुनेछ । यसैबीच सभामुखका उम्मेदवार सापकोटालाई तत्काल पक्राउ गर्न माग गर्दै सर्वाेच्च अदालतमा परेको रिटको आज सुनवाइ हुँदैछ । सापकोटालाई तत्काल पक्राउ गरी फौजदारी अभियोगमा मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो । सापकोटालाई सभामुख पदका लागि नेकपाले अघि सारेपछि विभिन्न मानव अधिकारवादी संघसंस्थाले पनि विरोधमा प्रदर्शन गरेका छन् ।

सापकोटाविरुद्ध अदालतमा विचाराधिन मुद्दा अघि बढाउने वा नबढाउने भन्नेबारे अदालतले माघ २२ गतेका लागि पेशी तोकेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);